शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई विकास निर्माणसँग जोड्नुपर्ने
बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उहाँले
हिजोको जस्तो सामान्य ढङ्गले शिक्षामा गुणात्मक सुधार नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालको इतिहासमा पहिलो पटक एकीकृत शिक्षा नीति आएको छ,
सामुदायिक विद्यालयलाई सबलीकरण कार्यक्रमको घोषणा गरेका छौँ ।” उहाँले
नयाँ शिक्षा नीतिले उपक्षेत्रगत नीतिलाई पनि व्यवस्थित गर्ने बताउनुभयो ।
उहाँले सामुदायिक विद्यालयलाई सबलीकरण गर्ने आयाम सरकारका तर्फबाट
कार्यान्वयनको प्रक्रियामा लगिएको बताउनुभयो । ‘प्रधानाध्यापक, शिक्षक,
समुदाय र स्थानीय सरकारको भूमिका राम्रो हुनुपर्छ”, उहाँले भन्नुभयो,
“विद्यालयको जग्गा, कक्षा कोठा र अन्य भौतिक पूर्वाधारको सुधार आवश्यक छ ।”
उहाँले सामुदायिक विद्यालयलाई व्यवस्थितरूपमा चलाउन नयाँ ढङगले काम
गर्नुपर्ने बताउनुभयो । उहाँले हरेक सामुदायिक विद्यालयले गुरुयोजना
निर्माण गरेर अघि बढ्नुपर्ने बताउनुभयो । सामान्य शिक्षाले समाज परिवर्तन
नहुने उहाँको भनाइ थियो ।
अर्को प्रसङ्गमा शिक्षामन्त्री पोखरेलले मेडिकल शिक्षा अध्ययनरत
विद्यार्थीको मागका सम्बन्धमा सरकारले ठिक कदम चालेको बताउनुभयो । उहाँले
२०७४ सालदेखि लिइएको बढी शुल्क तत्काल फिर्ता र २०७२ देखिको हकमा आयोगको
रिपोर्टका आधारमा निर्णय गरिने बताउनुभयो । कतिपय कलेजमा शुल्कको समस्या
समाधान भएको भन्दै उहाँले बाँकी रहेका कलेजको समस्या पनि छिट्टै टुङगिने
बताउनुभयो ।
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment