राजपा महासचिव मनिष सुमन भन्छन मुख्यमन्त्री र मन्त्री राजिनामा दिनु पर्छ


राष्टिय जनता पार्टी नेपालका महासचिव एवं प्रदेश सभा सदस्य मनिष सुमनले अस्लील गाली शब्दावली उच्चारण गर्ने मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवलकिसोर साहले राजिनामा दिनुपर्ने मांग गर्नु भएको छ। समाजिक संजालमा अस्लील शब्दावली प्रयोग गरिएको भिडियो राख्दै सुमनले मधेसको जनतासंग दुवै जनताले माफि माग्नु पर्ने बताउदै कि त माफि माग्नु पर्छ कि त राजिनामा दिनुपर्छ उल्लेख गर्नुभयो । सुमनले प्रदेश प्रमुखलाई समेत यस घटनालाई लिएर मुख्यमन्त्री र मन्त्रीहरुलाई सचेता गराउनुपर्ने आवश्यकता रहेको छ। मुख्यमन्त्री लालबाबु राउतले यसै साता एक सञ्चारकर्मीलाई अन्तर्वाता दिने क्रममा भद्दा शब्द प्रयोग गरेका थिए।’बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रममा प्रदेश सरकारले छात्राका लागि साइकल वितरण गर्दा भ्रष्टाचार भएको भन्ने विषयमा सञ्चारकर्मीले प्रश्न सोध्दा मुख्यमन्त्री राउत निकै आक्रोशित मात्र भएनन् अपशब्द बोल्न समेत भ्याए। उनले सञ्चारकर्मीलाई हप्काउँदै भने, ’तपाई बढी फट्याई कुरा नगर्नुस,’ राउतले भने, ’कसैको...मा दम छ भने प्रमाणित गरेर देखाओस्।’ उनले सञ्चारकर्मीलाई झपार्दै सम्पूर्ण पत्रकारको दक्षता र योग्यता माथिनै प्रश्न खडा गरे। त्यो अन्र्तवार्ता सामाजिक सञ्जालमा भाइरल भयो। अन्र्तवार्तामा मुख्यमन्त्रीको पदमा बसेका व्यक्तिबाट प्रयोग भएको भाषाका विषयमा निकै आलोचना समेत भएको छ। यस्तै, मुख्यमन्त्रीको विषय सेलाउन नपाउँदै प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले सञ्चारकर्मीलाई इंगित गर्दै गालिगलौज गरेको भिडियो भाइरल भएको छ।

साहले आफ्नो मन्त्रालयमा भ्रष्टाचार भएको प्रमाणित गरे पदबाट राजिनामा दिने भन्दै सञ्चारकर्मीलाई निकै फोहोर शब्द प्रयोग गरी गाली गरे। उनले आफ्नो मन्त्रालयबाट बजेट रकमान्तर गर्दा अर्थमन्त्रीलाई समेत पैसा दिएको भिडियोमा बताएका छन् ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: