प्रदेश सरकारसंग खाली बन्दुक छ,फयर गर्न बन्द गरोस ः मन्त्री मातृका यादव


प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुर स्थित विमानस्थलमा हवाई इन्धन रिफ्युलिंग स्टेशनको आज उद्घाटन गरिएको छ ।
जनकपुरधाम विमानस्थलमा आयोजित एक कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादवले सबैको तत्परता र सहयोगमा जनकपुर विमानस्थलमा रिफ्युलिंग स्टेशनको स्थापना सम्भव भएको बताउनुभयो । उहाले प्रदेश नम्बर २ मा ३ स्थलमा विमानस्थल रहेपनि अहिले आएर सबैको पहलमा रिफ्युलिंग स्टेशन स्थापना भएको बताउनुभयो । विमानस्थलमै रहेको बुद्ध एयरको विमानमा हवाई इन्धन भरेर मन्त्री यादवले रिफ्युलिंग स्टेशनको उद्घाटन गर्नुभयो ।
हवाई इन्धन जनकपुर विमान स्थलमै भर्ने व्यवस्था नभएका कारण यात्रुका साथै विमान कम्पनीहरुलाई समेत निकै समस्या हुँदै आईरहेको थियो । जनकपुरधाम विमान स्थल स्थापना भएको ५३ वर्ष पछि मात्रै रिफ्युलिंग स्टेशनको स्थापना गरिएको छ ।
रिफ्युलिंग स्टेशनको उद्घाटन गर्दै मन्त्री यादवले प्रदेशको विकास र जनकपुर विकासका लागि आवश्यक पूर्वाधारहरु मध्ये यो रिफ्युलिंग स्टेशन पनि एक पूर्वाधार रहेको बताउनुभयो । मन्त्री यादवले रिफ्युलिंग स्टेशनको स्थापनामा एक व्यक्तिको मात्र नभई नेपालका सम्पूर्ण पक्षका साथै भारत सरकारको समेत सहयोग रहेको जानकारी दिनुभयो ।उहाले विगतमा क्षेत्रगत हिसावले विभेद भएपछि अहिले आएर त्यो विभेद समाप्त भएको बताउदै सबैको सहयोगबाट विकासलाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो।
मन्त्री यादवले आफुहरु आर्थिक विकासको लागि बन्द रहेको उद्योगहरु संचालन गर्नको लागि प्रक्रियाहरु अगाडि बढाईरहेको बताउनुभयो । उहाले प्रदेश सरकारले अहिले जनकपुरको उद्योग क्षेत्र जनकपुर चुरोट कारखानालाई कब्जा जमाएर बसेको आरोप लगाउनुभयो । उहाले विकास गर्ने हो भने प्रदेश सरकारले कब्जाको निति छाडनुपर्ने बताउनुभयो । उहाले प्रदेशका मन्त्रीहरु अहिले आफुलाई धम्की भाषा प्रयोग गरिरहेको आरोप लगाउदै विना बन्दुकको आवाज नगर्न समेत चेतावनी दिनुभयो ।
यादवले अहिले विकासलाई अगाडि बढाुनपर्ने आवश्यकता रहेको बताउदै यसको लागि संघ सरकार र प्रदेश सरकार दुवै मिलेर अगाडि बढनुपर्ने आवश्यकता रहेको  बताउनुभयो । उहाले  धम्कीपुर्ण भाषाले प्रदेशको विकास सम्भव हुदैन बताउदै अब सबै मिलेर संघ सरकारसंग सहकार्य गरेर अगाडि बढनुपर्ने आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै प्रदेश नम्बर २का उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय यादवले प्रदेश नम्बर २मा विकासको आवश्यकता रहेको बताउदै संघ सरकार प्रदेश नम्बर दुईको विकासको लागि विशेष सुविधा दिनुपर्ने जिकिर गर्नुभयो । जनकपुर विमानस्थलमा रिफ्युलिंग स्टेशनको स्थापना भएपनि तत्काल स्टकको व्यवस्था भने गरिएको छैन । स्टक गर्ने व्यवस्था नरहेका कारण विराटनगर विमानस्थलबाट डिस्पेन्सरमा हवाइ इन्धन ल्याएर दुई बाउजर स्टक गर्ने व्यवस्था गरिएको जनकपुर विमानस्थलका स्टेशन ईन्चार्ज सरोज कुमार यादवले जनाए । उनले तत्काल ४१ किलोलिटर हवाई ईन्धन मात्रै स्टक गरिएको बताए ।
विमानस्थलमै डिपो स्थापनाका लागि प्रक्रिया समेत अगाडी बढाइएको छ । नागरिक उडड्यन प्राधिकरणले डिपो स्थापनाका लागि नेपाल आयल निगमलाई ५ कठ्ठा जग्गा  उपलब्ध गराएको छ । १ सय ४० किलोलिटर क्षमताको डिपो २ वर्ष भित्रै स्थापना गर्ने लक्ष्यका साथ काम अगाडी बढाइएको स्टेशन ईन्चार्ज यादवले जनाए ।
रिफ्युलिंग स्टेशन जनकपुर विमान स्थलमै स्थापना भएपछि विमान कम्पनीका साथै यात्रुहरुलाई समेत विभिन्न दृष्टिकोणले फाइदा हुने भएको छ । यसले विमानहरुले कमै इन्धनका साथ जनकपुर विमानस्थलमा आए बढीभन्दा बढी यात्रुका साथै बढी लगेज समेत उठाएर लग्न सक्ने नागरिक उडड्यन प्राधिकरणका प्रमुख मोहन ठाकुरले जनाए । रिफ्युलिंग स्टेशनका कारण अल्टरनेटिभ लैण्डिंगका लागि काठमाडौँ पछि जनकपुरधाम विमान स्थल प्राथमिकतामा पर्ने उनको भनाई छ । काठमाडौँबाट सबैभन्दा सहज रुट जनकपुरधाम विमान स्थलकै रहेकाले लैण्डिंग तथा टैक अफ चार्ज उठाएर समेत विमान स्थलले अर्थोपार्जन गर्न सक्नेछ ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: