सिरहामा घुससहित सब–इन्जिनियर अख्तियारको फन्दामा


 असार समान्त सकिएपछि कसिमन असुल्ने गरेको कर्मचारीहरु अहिले अख्तियारको फन्दामा धमाधम पक्राउ पर्न थालेका छन । सिरहाको गोलबजार नगरपालिकाका सब–इन्जिनियर उमा श्रेष्ठलाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेको छ ।
गोलबजारकै एक होटलमा सेवाग्राहीसँग ५० हजार घुस लिएलगत्तै सब इन्जिनियर श्रेष्ठलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । सेवाग्राहीलाई होटलमा बोलाएर घुस लिएपछि उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय वर्दिवासका डिएसपी मधुकुमार थापाले जानकारी दिए ।
घुस दिने सेवाग्राहीको नाम अख्तियारले गोप्य राखेको छ । पक्राउ परेका सब इन्जिनियर श्रेष्ठलाई आवश्यक कारबाहीका लागि बर्दिबास कार्यालय ल्याएको अख्तियारले जनाएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: