बाराका चार स्थानीय तहले बजेट सार्वजनिक गरेनन्



बाराका चार स्थानीय तहले बजेट सार्वजनिक गर्न नसक्दा केन्द्रको अनुदान रोक्का हुने भएको छ । जिल्लाका कोल्हबी नगरपालिका, महागढीमाई नगरपालिका, बारागढी गाउँपालिका र सुवर्ण गाउँपालिकाले बजेट सार्वजनिक नगर्दा केन्द्रको अनुदान रोक्का हुने सम्भावना बढेको हो । चारवटै स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षसंग्ै वडाध्यक्षबीचको विवादका कारण बजेट आउन नसकेको हो । समयसीमाभित्र बजेट सार्वजनिक नगर्ने स्थानीय तहलाई केन्द्र सरकारको सहयोग नरहने कानुनी व्यवस्था रहेको छ । प्रदेश नम्बर–२ का एक सय ३६ मध्ये ३६ स्थानीय तहले अझै पनि बजेट सार्वजनिक गरेका छैनन् ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: