मुख्यमन्त्री राउतद्वारा क्षतिबारे प्रधानमन्त्रीलाई ब्रिफिङ्ग


 मुख्यमन्त्री लालबाबु राउतले बाढी बाट प्रदेश नं. २मा भएको क्षति बारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराउनु भएको छ ।
अषाढ २७ गते आएको भीषणबाढी बाट प्रदेश २मा भएको क्षतिबारे सम्वन्धित पक्षलाई जानकारी गराउनुको साथै सहयोग जुटाउने उद्देश्यले काठमाण्डौ पुगेको मुख्यमन्त्री राउत सहितको सर्वदलिय टोलीले आज प्रधानमन्त्री ओलीलाई भेटेका हुन । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा मुख्यमन्त्री राउतले बाढीबाट प्रदेश नं. २मा सार्वजनिक र नीजि गरि अरबौ रुपैया बराबारको क्षति भएको ३७ जना भन्दा बढीको मृत्यु भएको तथा हजारौ परिवार घरबार विहीन भएको जानकारी गराउनु भएको हो ।
बाढी बाट भएको क्षतिको परिपूर्ति प्रदेश सरकारको बुता भन्दा बाहिर रहेको उल्लेख गर्नु हुँदै उहाँले विस्थापितहरुको पुनर्वास र पुनर्निमाणको लागि संघीय सरकारलाई सहयोग गर्न आग्रह समेत गर्नु भयो ।
भेटमा मुख्यमन्त्री राउतले विस्थापित परिवारहरुको पुनर्वास, नदी नियन्त्रण र सडक मर्मत माथि विशेष जोड दिनु भएको थियो ।
जवावमा प्रधानमन्त्री ओलीले केही दिन भित्रै आफुपनि बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने र आवश्यक सहयोग गर्ने आश्वासन दिनु भएको छ ।
भेटमा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव समेतको उपस्थिति थियो भने प्रदेश २को सर्बदलिय टोलीमा मुख्यमन्त्री राउत सहित भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव सहितकोे सहभागिता रहेको छ ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: