भौतिक पुर्वाधार मन्त्रालयको काम पनि होटल मै,अनियमितताले प्रकाष्टा नाघयो


प्रदेश नम्बर २मा आर्थिक वर्षको अनिन्तिम दिनमा अहिले लुटको अवस्था देखिएको छ । सबै भन्दा धेरै रकम भएको भौतिक पुर्वाधार मन्त्रालयको काम समेत अहिले होटलमा भईरहेको छ।
अन्य दिन नियमित समयसम्म समेत कार्यालय बस्न नरुचाउने सरकारी कर्मचारीहरु अबेर साँझसम्म होटेलमा बसेर धमाधम योजना मूल्यांकन गर्न जुटेका छन्।जनकपुरस्थित पूर्वाधार कार्यालयका कर्मचारीहरु मंगलबार साँझसम्म वडा नम्बर ४ स्थित शुभम होटलमा बसेर उपभोक्ता समितिमार्फत भएका योजनाहरुको मूल्यांकन गरिरहेको अवस्थामा देखिएका छन्।छुट्टाछुट्टै होटलको चारवटा कोठमा बसेर योजना मूल्यांकन गर्न कर्मचारीहरु ल्यापटप, फाइललगायतका सामग्री लिएर बसेका छन्। योजना मूल्यांकन गराउन उपभोक्ता समितिका अध्यक्षदेखि सदस्यहरुको समेत होटेलमा भिडभाड देखिएको छ।योजना मूल्यांकन गर्न व्यस्त देखिएका एक कर्मचारीले ‘कार्यालयमा उपभोक्ता समितिले अनावश्यक दबाब दिने गरेकाले होटेलमा आएर काम गरेको’ बताए। ती कर्मचारीलाई सोही कुरा क्यामरामा बोल्न भनेपछि उनी चुप लागेर बसे।यसैगरी आफूलाई पूर्वाधार कार्यालयको इन्जिनियर बताउने मुकेश यादवले त्यहाँ पुगेका सञ्चारकर्मीहरुलाई कोठबाट बाहिर निस्कन जबरजस्तीसमेत गरेका थिए। सञ्चारकर्मीले होटेलमा किन काम गरेको प्रश्न गरेपछि यादवले ‘यो कुरा कार्यालयका डीईलाई सोध्नुस’ भन्ने जबाफ फर्काएका थिए।केहीबेरपछि यादवले उपभोक्ताहरुले सम्पत्र गरिसकेको योजनाको पैसा पाउनुपर्ने भएकोले एकान्तमा आएर काम गरेको बताए । उपभोक्ताहरुको दबाबका कारण कार्यालयमा काम गर्ने अवस्था नरहेको उनको भनाइ थियो।पूर्वाधार कार्यालयका डीई दीपेन्द्र चौधरीसँग बुझ्न खोज्दा उनको फोन उठेन।प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले होटेलमा बसेर कार्यालयको काम गर्नु गलत रहेको बताउँदै यस विषयमा अख्तियार वा सम्बन्धीत मन्त्रालय तथा कार्यालय सोध्नुपर्ने बताए।पूर्वाधार कार्यालयमार्फत झण्डै एक अर्बभन्दा बढीको भौतिक पूर्वाधार मन्त्रालयको २०९, सामाजिक विकास मन्त्रालयका २११ र धनुषा तथा महोत्तरीका सांसदहरुको २९ योजना उपभोक्ता समितिमार्फत सञ्चालन भएको बताइएको छ।

यसअघि दिउँसो उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका कर्मचारीहरु होटेलमा योजना मूल्यांकन गरिरहेको पाइएको थियो।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: