मनसुन न्यून चापिय रेखा नेपालको दक्षिणतिर अवस्थित भएता पनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावको कारण केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको पुर्वी तथा पश्चिमी भू भागमा आंशिक देखि सामान्य बदली र मध्यमा आंशिक बदलीको अवस्था छ । पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना रहेको छ भने राति देशको पुर्वी भू भागमा सामान्य देखि पूर्ण बदली साथै मध्य र पश्चिमी भु भागमा आंशिक देखि सामान्य बदली भइ देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ पूर्व र मध्यका एक दुई स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ ।
आज पनि केही स्थानमा वर्षाको सम्भावना

0 comments:
Post a Comment