सर्लाहीमा ट्याक्टर दुर्घटना, दुई बालकको मृत्यु


सर्लाहीको बेग्लाबेग्लै स्थानमा भएको ट्याक्टर दुर्घटनामा परी दुई बालकको मृत्यु भएको छ ।जिल्लाको दक्षिण–पश्चिम भेगमा पर्ने कौडेना गाउँपालिका–२, इनर्वा टोलमा आइतबार बिहान ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । स्थानीय बिजय रायको लु १ त ८३७० नम्वरको ट्याक्टरले किचेर रायकै १३ वर्षीय छोरा नितेशको घटनास्थलमै मृत्यु भएको हो । घर नजिक रहेको गोठमा पार्किङ गरेर राखिएको ट्याक्टर बालक आफैले चलाएर खेतमा लानेक्रममा ट्याक्टर पल्टिएर किचेको प्रहरीले जनाएको छ ।यस्तै सदरमुकाम मलङ्गवामा ट्याक्टरबाट खसेर शनिवार साँझ एक बालकको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–४, स्थित गणेशीया नहरको पुलमा ज २ त ८५२ नम्वरको ट्याक्टरबाट खसेर मलङ्गवा नगरपालिका–३, बस्ने सिकिन्द्र रायका ८ वर्षीय छोरा मनिसकुमारको मृत्यु भएको प्रहरीले जनाएको छ । मलङ्गवाबाट मोतिपुरतर्फ जाँदै गरेको ट्याक्टरबाट खसेर गम्भीर घाईते भएका बालकलाई उपचारका लागि मलङ्गवा ल्याउनेक्रममा बाटैमा मृत्यु भएको हो ।दुवै मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवामा राखी दुर्घटनाको सम्वन्धमा अनुसन्धान भैरहेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिं राठौरले जानकारी दिनुभयो ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: