बाढिबाट प्रभावित क्षेत्रका राज्य व्यवस्था समितिवदारा निरिक्षण


प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको एक टोलीले शनिबार धनुषा र महोत्तरीका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको छ ।

काठमाडौंबाट आएको टोलीले पहिलो दिन आज जनकपुरधाम उप–महानगरपालिका–१ को मुसहरी र ७ का बाढी पीडितलाई भेटेको छ। समितिका एक सदस्य राजेन्द्र महतोले वडा नम्बर ७ स्थित मुसहरीका बाढी पीडितहरूसँग भेट गरी आफूहरू धनुषा र महोत्तरीका बाढी पीडितको अवस्था बुझ्न आएको बताउनुभयो । धनुषा र महोत्तरीका विभिन्न स्थानमा गएर त्यहाँको वस्तुस्थिति बुझ्ने र संसदमा जानकारी दिन समिति अनुगमनमा आएको प्रतिनिधिसभा सदस्य समेत रहेका  महतोले बताउनुभयो ।
महतोले बाढी पीडितको पुनस्र्थापनाका लागि सरकारले तत्कालै निर्णय लिनु अवश्यक रहेको बताउनुभयो । बाढीले बगाएका घरहरुको अविलम्ब निर्माण गर्नु आवश्यक रहेको पनि उहाले बताउनुभयो ।यी जिल्लामा साढे तीन हजार व्यक्ति घरवार विहीन भएको र एक लाख व्यक्ति प्रभावित भएको जिल्ला प्रशासनको तथ्यांक छ।समितिले बाढी पीडितलाई प्राथमिकतामा राखेर राहत वितरण गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। समितिको अर्का सदस्य महेश्वर जंग गहतराजले राहत कसरी वितरण भइरहेको छ भनेर बुझ्न समिति अनुगमन र निरीक्षण गर्न आएको बताउनुभयो ।
राज्य व्यवस्था सुशासन समितिको टोलीमा डाक्टर विजय सुब्बा र रामस्नेह प्रसाद यादब पनि रहेका छन्। टोलीले आजै जनकपुरको वडा नम्बर १ र ७ का प्रभावितलाई राज्यका तर्फबाट राहत सामग्री वितरण गरेको छ।
निरीक्षणका लागि आजै जनकपुर विमानस्थल आइपुगेका समितिका पदाधिकारीलाई धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बाढीले पुर्याएको क्षतिबारे ब्रिफिङ गरेका छन्।प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले धनुषामा ११ हजार मानिस बाढीबाट प्रभावित भएको र राहत अपुग भएको जानकारी टोलीलाई गराएका थिए । क्षतिको पूर्ण विवरण अझै संकलन नभएको उहाले बताउनुभयो  ।
गठित उपसमितिको एक टोलीले धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको प्रभावित क्षेत्रको निरिक्षण गर्ने छ  भने अर्को टोलीले सिरहा र सप्तरी लगायत जिल्लाको निरीक्षण गर्ने जनाएको छ । सांसदहरुको टोलीमा रामसहाय प्रसाद यादव, राजेन्द्र महतो, देवेन्द्रप्रसाद कँडेल, लक्ष्मी चौधरी, दिलेन्द्र प्रसाद बडु, डिला संग्रौला, छक्क बहादुर लामा, बृजेश कुमार गुप्ता लगायतका छन् ।  प्रदेश(२ का आठै जिल्लाको स्थलगत निरीक्षण गरी सरकारलाई प्रतिवेदन बुझाउने समितिका सदस्य तथा सांसद  महतोले जानकारी दिनसभयो । उहाले भन्नुभयो, ‘सरकारका मन्त्रीहरु हवाई निरीक्षण गरी फर्कियो। जनतासँग नभेटेर राम्रो गरेन। हामी जनतासँग भेटेर यर्थात बुझ्न आएका छौं।’ सरकारले बाढी पीडितहरूसमक्ष अझै राहत र्पुयाउन नसकेकोमा उनले दुःख व्यक्त गर्नुभयो ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: