ठूलो पानी नपर्ने, तर सचेतता भने आवश्यक


अविरल वर्षा गराउने मनसुनी न्यून चापिय रेखा आजदेखि नेपालबाट हटेकाले वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार उक्त रेखा बिस्तारै दक्षिणतर्फ सर्दै आजदेखि भारत प्रवेश गरेकाले अब वर्षा कम हुनेछ । सीआईएनसँग कुराकानी गर्दै मौसमविद् विभूति पोखरेलले पूरै वर्षा भने नरोकिएको बताउनुभयो । न्यून चापीय रेखा अहिले भारतको उत्तर प्रदेशतिर रहेको मौसमविद् पोखरेलको भनाइ छ । तर त्यो रेखा तलमाथि सरिरहने भएकाले पुनः नेपाल आउने सम्भावना पनि छ । वर्षा कम भएपनि पहिलेकै वर्षाले जमिन गलिसकेकाले थोरै वर्षाले पनि बाढीपहिरो जाने सम्भावना रहने भएकाले सतर्कता अपनाउनुपर्ने उहाँले बताउनुभयो । महाशाखाका अनुसार आज देशको पूर्वी भेगमा सामान्य बदली छ भने मध्य र पश्चिमी भेगमा आंशिकदेखि सामान्यसम्म बदली हुनेछ । आज पनि देशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका १÷२ स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । 
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: