मुख्यमन्त्री राउत आपैm जुट्नुभो राहत वितरणमा


  मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका सबैभन्दा बढी प्रभावित रौतहट जिल्लाका बाढी पीडितलाई राहत समाग्री वितरण गर्नुभएको छ ।
गौरस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा आज बिहान मुख्यमन्त्री राउतले बाढी पीडितलाई खाद्यान्न, त्रिपाल, झुल लगायतको समाग्री वितरण गर्नुभएको हो ।
प्रदेश सरकारले बाढी पीडितलाई राहत समाग्री वितरण गर्नमा सहयोग र त्यसको व्यवस्थापन गर्नको लागि आफनो मन्त्री, सांसदहरुलाई समेत आ आफनो क्षेत्रमा केन्द्रित हुन भनेका छन् ।
मुख्यमन्त्री राउतले बाढी पीडितलाई राहत वितरण गर्ने कार्यलाई तदारुकताका साथ अघि बढाउन सम्बन्धित सबैलाई यसअघि नै निर्देशन दिनुभएको थियो ।
मुख्यमन्त्री राउत आपैm राहत वितरणको अगुवाई गर्दै आज बिहानैदेखि रौतहटको विभिन्न स्थानमा बाढी प्रभावितलाई राहत वितरण गर्नुभएको छ ।
राहत वितरण कार्यलाई तदारुकताका साथ अगाडी बढाउँदै प्रदेश सरकारले तत्कालै उपलब्ध गराएको दश दश लाख रुपैयाँको राहत समाग्री वितरण गरिसकेको छ ।
बाढी पीडितलाई राहत वितरणको लागि प्रदेश सरकारले छुट्टाछुट्टै टोली बनाएर जिल्लाहरुमा परिचालन गरेको छ । प्रदेश सरकारले एक करोड ३५ लाख बराबरको राहत समाग्री रौतहट जिल्लाको बाढी पीडितलाई वितरण गर्न लागेको हो ।२५ किलोग्राम चामल, चार किलोग्राम दाल, झुल, त्रिपालसहित दुई हजार पाँच सय ७५ रुपैयाँको समाग्री वितरण गर्न लागेको हो ।तत्काल पाँच हजार बाढी पीडितलाई उक्त राहत समाग्री वितरण गर्न लागिएको हो ।
राहत वितरण कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव, भुमि व्यवस्थापन, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव, भौतिक पुर्वाधार विकास राज्यमन्त्री डिम्पल झा, प्रदेशसभा सदस्य बाबुलाल साह, किशोरी यादव, फुलबाबु लगायतको उपस्थिति रहेको थियो ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: