मावि मिथिलेश्वरका ६४ छात्रालाई साइकल

मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत धनुषाको मिथिला विहारी नपा स्थित मावि मिथिलेश्वरका ६४ जना छात्राहरुलाई आज एक समारोहका बीच साइकल हस्तान्तरण गरिएको छ । विद्यालयको प्राङ्गणमा आयोजित साइकल वितरण कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले उक्त विद्यालयको कक्षा आठमा अध्ययनरत छात्राहरुलाई आफनै हाथ साइकल हस्तान्तरण गर्नु भएको हो ।
छात्राहरुलाई साइकल उपलब्ध गराउनु हुँदै मुख्यमन्त्री राउतले महिलाहरु शिक्षित नभए सम्म प्रदेश समृद्ध नहुने भएकाले प्रदेश सरकार महिला शिक्षालाई प्राथमिकतामा राखेको बताउनु भयो ।
उहाँले बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गतका कार्यक्रमहरुले महिला शिक्षाका साथै समाजिक रुपान्तरण महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै यस अभियानमा सहयोग गर्न सबै पक्ष संग आग्रह समेत गर्नु भयो ।
विद्यालयका प्रअ लालबाबु यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, प्रदेश सभा सदस्य रामचन्द्र मण्डल , मिथिला विहारी नपाका मेयर अनिल यादव सहितको उपस्थिति रहेको थियो ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: