संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथी छलफल

वर्षापछिको विपदका विषयमा प्रतिनिधिसभामा छलफल भएको छ । आज प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बाढी पहिरो र विपदसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो ।  प्रस्तावमाथि राष्ट्रिय जनता पार्टी नेपालले समर्थन गरेको छ ।  काँग्रेसका सांसद मिनेन्द्र रिजालले प्रस्ताव पेश गर्दै विपदका बेला सरकार जनतातिर फर्किनुपर्ने बताउनुभयो ।  मुलुकमा बाढी र पहिरोको विपत्ति परेका बेला संसदमा रहेका दलहरु एक ठाउँमा उभिनुपर्ने भन्दै सांसद रिजालले त्यसैअनुसार जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश बताउनुभयो ।  विपदका बेला सरकार एक्लैले काम गर्न नसक्ने भन्दै उहाँले प्रदेश सरकार र स्थानीय सरकारको पनि साथ लिएर काम गर्न सुझाव दिनुभयो  ।  राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले बाढी पहिरोको रोकथाममा सरकारले झारा टार्ने काममात्र गरेको आरोप लगाउनुभयो । दुई तिहाइ बहुमतको सरकारले पनि विपदको समयमा प्रभावकारी रुपमा रोकथाम गर्न नसकेको नेता यादवको आरोप थियो ।
डुवानको दीर्घकालिन समाधानको माग
नेपाल कम्युनिस्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु शाहले  वर्षाका कारण आएको बाढी एवम डुबानमा परेका पीडितको नाममा नेपाली काँग्रेसले राजनीति गरेको आरोप लगाउनुभएको छ  । आफूले दर्ता गराएको प्रस्तावमाथि छलफल नभएपछी सांसद शाहले सम्बोधनको सुरुमै असन्तुष्टि जनाउनुभयो । अविरल वर्षाका कारण देश अस्तव्यस्त छ । सयौंले ज्यान गुमाएका छन् भने हजारौं विस्थापित भएका छन, आवतजावत सहित सबै पूर्वाधार ठप्प भएको स्थितिमा हामीले जरुरी महत्वको प्रस्ताव दर्ता ग¥यौ, सांसद शाहले भन्नुभयो, तर हाम्रो प्रस्ताब माथी किन छलफल भएन ? बाढी प्रभावितहरुले नै दर्ता गराएको प्रस्ताबमाथी छलफल नहुने तर काठमाडौको महलमा एसीमा बसेर लेखिएको प्रस्तावमाथि छलफल हुने ? प्रश्न गर्दै शाहले आज न्याय हारेको र नेपाली काँग्रेसको हठले जितेको धारणा राख्नुभयो ।  सांसद शाहले बाढी पीडित आफूहरूलाई सदनले पनि पीडित बनाएको गुनासो गर्नुभयो । उहाँले बाढी पीडितलाई तत्काल राहत प्रदान गर्नुका साथै पुर्नस्थापना तथा दीर्घकालीन समाधानको माग समेत गर्नुभयो । बाँध बाधेर दीर्घकालिन रुपमा समस्याको समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।
डुबान समस्याको समाधान गर्न भारतसँग कुटनीतिक वार्ता गर्न काँग्रेसको माग
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाढी तथा डुबान समस्याका बारेमा भारतसँग कुटनीतिक तबरले वार्ता गरि दीर्घकालिन समाधान निकाल्नुपर्ने धारणा राख्नुभएको छ । बाढीपहिरो तथा डुबानका बारेमा पार्टीले संसदमा राखेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै देउवाले कोसी बाँध सुरु भएदेखि नै बसेका नेपालीलाई भारतले हटाउने भनिरहेको भन्दै यस विषयमा पनि सरकारले भारतसँग कुटनीतिक वार्ता गर्नुपर्ने बताउनुभयो ।  सभापति देउवाले आफूले बाढीप्रभावित क्षेत्रको भ्रमण गर्दा पीडितहरू घरवारविहीन भएको, खाद्यान्न अभाव भएको, नदी कटान भएको, लत्ताकपडा अभाव भएको जस्ता समस्या पाएको उल्लेख गर्दै सरकारको भने उपस्थिति नभएको बताउनुभयो । सरकारका मन्त्रीहरु हेलिकप्टरबाट मात्रै अनुगमन गरेर फर्किएको प्रति सभापति देउवाले असन्तुष्टि जनाउनुभयो ।  जिल्लाका रेडक्रस, केही गैह्र सरकारी सस्था लागि परेका भएपनि सरकारले ध्यान नगएको देउवाको भनाइ थियो । 


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: