जनकपुर उपमहानगरपालिकामा लाखौ अनियमितता,निर्माण संगै भत्कीयो सडक


जनकपुरधाम उपमहानगरपालिकामा ठेकेरदार  जनकपुर उपमहानगरपालिकाका पदाधिकारीहरु बिचमा निकै कमिसनको खेल भएको कारणले एकिकृति सहरी विकास आयोजनाको काम गुणस्तरहिन भएको छ। काम गुणस्तरहिन भएको र कारवाही गर्ने निकायको आफै संग्लनताको कारणले खुलेयाम लुटको अवस्था देखिएको छ। मुरलीचोक–भ्रमरपुरा चोक बीचको सडकपेटी कतै भत्किएको र कतै ब्लक उक्लिएको अवस्थामा भेटिन्छन्। मुरलीचोक–रामचोक सडकखण्डमा पनि ब्लक उक्लिन थालेको छ। जिल्ला अदालतदेखि स्वर्गद्धारहुँदै रामचोक जाने बाटोमा सडकपेटी कतै भत्केको, कतै धसेको र कतै ब्लक उक्लिएपछि सडकपेटी प्रयोगविहीन अवस्थामा पुगेको छ।२०६९ सालमा तत्कालीन जनकपुर नगरपालिका, एडिबी र सहरी डिभिजन कार्यालयबीच भएको त्रिपक्षीय सम्झौताअनुसार सडकका साथै निर्माण भइरहेको सडकपेटी भत्किन थालेको हो। जनकपुरमा सघन सहरी विकास कार्यक्रमअन्तर्गत १६.८८ किलोमिटर र एकीकृत सहरी विकास पूर्वाधार परियोजना (आइयुडिपी) परियोजनाअन्तर्गत १२.५४ किलोमिटर सडक निर्माण कार्य भइरहेका छन्।
सहरी विकासबाट निर्माण भइरहेका अधिकांश फुटपाथ कतै भत्किन थालेका छन् भने कतै सडकपेटीमा प्रयोग हुने ब्लक उक्लिन थालेको हो। यस्तै आइयुडिपीबाट निर्माण भइरहेका फुटपाथसमेत ठाउँठाउँमा भत्किन थालेको छ। जेडआइइसी शर्मा जेभी र रमण कन्स्ट्रक्सनले ठेक्का लिएको निर्माण कार्यमा कमसल निर्माण सामग्रीको प्रयोग र ठेकेदारको लापरबाहीले निर्माण कार्य नसकिँदै भत्किन थालेको स्थानीय बताउँछन्।
‘पैसा बचाउन ठेकेदारले जसोतसो काम सक्न खोजेको छ, उसलाई गुणस्तरको के मतलब?,’ स्थानीय दिलिप साहले भने, ‘ठेकेदारको त बदमासी छँदैछ, अनुगमनकर्ता र सरोकारवाला निकायले समेत बेवास्त गरेर बसेका छन्।’
निर्माण कार्यमा कमसल सामग्रीको प्रयोग र आवश्यक उपकरणको प्रयोगबिना काम भइरहेकाले सडकको फुटपाथ भत्किन थालेको सहरी विकास कार्यालयले स्वीकार गरेको छ। ‘ठेकेदारले आवश्यक जनशक्ति र उपकरणको प्रयोग नगरेकाले यस्तो समस्या आएको हो,’ साइट इन्जिनियर श्रवण यादवले भने, ‘वर्षाले पनि समस्या आएको हो। गुणस्तरहीन कार्य गरेपछि हामीले पटक–पटक पत्र लेखिसकेका छौं।’ एक वर्ष्भित्र निर्माण कार्यमा कुनै त्रुटि फेला परेमा ठेकेदारलाई पुनः निर्माण गर्न लगाइने उनको भनाइ छ।एडिबीको २ अर्ब बढी ऋण सहयोगमा सडक निर्माण कार्य भइरहेको छ। जसमध्ये ८३ करोड ५१ लाखमा सघन सहरी विकासले जनकपुरभित्रको सडक निर्माण गरिरहेको छ। आइयुडिपीले भेरिएसन बढाएर १ अर्ब २३ करोड ५० लाखमा परिक्रमा सडक निर्माण गरिरहेको छ।आइयुडिपीले ३५ हजार वर्ग्मिटर फुटपाथ निर्माण गरिरहेको छ। तर ठाउँठाउँमा जग्गाधनीले फुटपाथ निर्माणमा अवरोध गरेपछि करिब ४ सय मिटर फुटपाथ निर्माण हुन नसकेको आइयुडिपीका प्रमुख इन्जिनियर शत्रुधनप्रसाद चौधरीले बताए। गुणस्तरहीन निर्माण कार्य भइरहेको प्रश्नमा उनले फुटपाथ भत्केको वा उक्लेको ठाउँमा पुनः निर्माण गरी सुधार गरिने बताए। ठेकेदारले लापरबाही गर्दै गुणस्तरहीन काम गरेको पाएपछि करिब ९ पटक पत्र लेखिसकेको प्रमुख चौधरीले बताए।पछिल्लोपटक जनकपुरमै २.२७२ किलोमिटर सडक बनाउन एडिबीले थप करिब साढे ६ करोड रुपैयाँ उपलब्ध गराएको र म्यादसमेत थपिएको उनले बताए। सहरी विकास तथा भवन निर्माण विभागले १६.८८ किलोमिटर सडक निर्माण गर्न २०७४ असार २६ मा २ वर्षको सम्झौता गरेको थियो। तर, सम्झौताको म्याद सकिँदा करिब ५० प्रतिशतमात्र काम सम्पन्न भयो।सडक विस्तार, ग्राभेल, कालोपत्रे, ड्रेन, ढल, नाला, कल्भर्ट निर्माण गर्ने भनी सम्झौता भएको थियो। तर, अहिलेसम्म करिब ८ किलोमिटर सडकमात्र बन्न सकेको साइट ईन्जिनियर श्रवण यादवले बताए। ‘साइट क्लियरेन्सका लागि उपमहानगरपालिकालाई पटक–पटक आग्रह गर्दा पनि नसकेपछि निर्माण कार्य समयमा हुन सकेन,’ उनले भने।निर्माणस्थलमा जग्गा र घरधनीसँग बरन्डा भत्काउने, दायाँबायाँ सडकलाई जग्गा छोड्ने विषयमा विवाद समाधान हुन नसकेपछि निर्माण कार्य प्रभावित बनेको उनले बताए। सम्झौताअनुसार रामचोकदेखि तिरहुतियागाछी, महावीर चोक, जानकी मन्दिर, जनकचोक क्षेत्रमा सडक विस्तार, ग्राभेल, कालोपत्रे र ह्युमपाइप विस्तार, ड्रेन निर्माणलगायत काम गर्नुपर्नेछ।
उपमहानगर क्षेत्रमा सडक विस्तार भए पनि फोहरमैला व्यवस्थापनका लागि निर्माण गर्न लागिएको ‘सेनिटरी ल्यान्डफिल्ड साइट’को काम जग्गा विवादका कारण अवरुद्ध बनेको छ। गुठी संस्थानसँग भाडामा लिएको जग्गामा स्थानीयवासीले अवरोध गरेपछि उक्त कार्यका लागि गत वर्ष विनियोजित ६० करोड रूपैयाँ खर्च नभई फिर्ता गएको छ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: