प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारी जग्गामा रहेको पार्टी कार्यालय तत्काल छोड्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आग्रह गरेको छ । पार्टी कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गरी काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारी जग्गामा कार्यालय राख्ने गम्भीर गल्तीप्रति क्षमायाचना गर्दै तत्काल पार्टी कार्यालय छोड्न नेकपालाई आग्रह गर्नुभयो । प्रवक्ता शर्माले सरकारी जग्गाको भोगचलनसँग सम्बनिधत नीति नियमको पालनामा स्वयम् सत्तारुढ दलले गम्भीरता नदेखाउनु आपत्तिजनक भएको बताउनुभयो । उहाँले क्षमायाचना गर्दै तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउन पनि नेकपालाई आग्रह गर्नुभयो ।
सरकारी जग्गामा रहेको पार्टी कार्यालय तत्काल छोड्न नेकपालाई काँग्रेसको आग्रह
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारी जग्गामा रहेको पार्टी कार्यालय तत्काल छोड्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आग्रह गरेको छ । पार्टी कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गरी काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारी जग्गामा कार्यालय राख्ने गम्भीर गल्तीप्रति क्षमायाचना गर्दै तत्काल पार्टी कार्यालय छोड्न नेकपालाई आग्रह गर्नुभयो । प्रवक्ता शर्माले सरकारी जग्गाको भोगचलनसँग सम्बनिधत नीति नियमको पालनामा स्वयम् सत्तारुढ दलले गम्भीरता नदेखाउनु आपत्तिजनक भएको बताउनुभयो । उहाँले क्षमायाचना गर्दै तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउन पनि नेकपालाई आग्रह गर्नुभयो ।
0 comments:
Post a Comment