सार्वजनिक कार्यक्रममा प्रचण्ड र ज्ञानेन्द्र बिच जुहारी


तत्कालीन माओवादीका नेता रामवृक्ष यादवको सम्झनामा सोमबार धनुषामा आयोजित कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रदेश २ मा भ्रष्टाचार बढेको, जनताले झन् दुःख पाएको भन्ने अभिव्यक्तिको प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सार्वजनिक कार्यक्रमै जवाफ फर्काएका छन् । धनुषा जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा प्रदेश नम्बर २का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले आपति जनाउनु भएको छ। उहाले प्रदेश सरकार भ्रष्टाचारमा डुबेको हैन नेपाल नै भ्रष्टाचारमा डुबेको बताउनुभयो । उहाले प्रधानमन्त्री निवासको जग्गा बिक्री हुने त्यसमा नेकपाका महासचिवमा मुझीनु र प्रदेश सरकार भ्रष्टाचारमा बुझीएको भन्नु गलत रहेको बताउनुभयो । यादवले सुशासन स्थापनाको लागि प्रदेश सरकार संघीय सरकारसंग सहकार्य गरेर अगाडि बढनुपर्ने आवश्यकता रहेको बताउनुभयो । मन्त्री यादवले सिंगो मुलुक नै भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाउनुभयो ।उहाले ’प्रदेश दुईमा भ्रष्टाचार मौलायो भन्ने अभिव्यक्ति गलत रहेको बताउदै नेपालभरी नै भ्रष्टाचारले प्रश्रय पाएको छ बताउदै ३३ क्विन्टल सुनकाण्ड नेपालमै भएको जिकिर गर्नुभयो ।
यादवले प्रचण्डको अभिव्यक्तिको खण्डन गर्दै सबभन्दा बढी काठमाडौं र सिंगै देशनै भ्रष्टाचारमा डुबेको बताउनुभयो ।संघीय सरकारको हस्तक्षेपको कारण यहाँ सुशासनको अवस्था खसकिएको आरोप लगाउँदै कानुनमन्त्री यादवले संघीय सरकारको कारण यहाँको प्रहरी प्रशासनले प्रदेश सरकारलाई नटेरेको बताउनुभयो ।पुष्पकमल दहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै यादवले भन्नुभयो, ‘प्रचण्ड जीले भने जस्तो प्रदेश २ मा मात्र भ्रस्टाचार छैन । प्रदेश २ भन्दाबढि काठमाडौंमा भ्रष्टाचार छन् ।’ त्यहि कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहनु भएका प्रचण्डले आफुले मात्र २ नम्बर प्रदेशमा भ्रष्टाचार बढेको नभनेर देशै भरी सुशासन र भ्रष्टाचार एउटा ठुलो चुनौती भएको कुरा समान्य रुपमा राखेको दावी गर्नुभयो । अब सरकार र हामी सबै आ आफ्नो स्थानबाट भ्रष्टाचार, सुशसनको निम्ति अझ प्रभावकारी तरिकाबाट अघि बढ्नुपर्ने प्रचण्डको धारणा छ । भ्रष्टार नियन्त्रण गर्न प्रधानमन्त्रीसंग कुरा गरेको बताउँदै प्रचण्डले यसको निम्ति प्रदेश नं. २ सरकार, सम्पूर्ण राजनीतिक दलसंग सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: