पत्रकार पुडासैनी आत्महत्या प्रकरण : रवि लामिछाने पक्राउ


टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने बिहीबार पक्राउ परेका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि लामिछाने र युवराज कँडेललाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसरका डीआईजी शैलेश थापा क्षेत्रीले लामिछाने पक्राउ परेको पुस्टि गरे । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको अनुरोधमा पक्राउ गरिएको हो ।साउन २० गते राति नारायणगस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारु होटेलको २०२ नम्बर कोठमा सञ्चारकर्मी शालिग्राम पुडासैनी मृत अवस्थामा फेला परेका थिए। होटलको कोठा रहेको पङ्खामा डोरी लगाइ मृत भएको अवस्था प्रहरीले फेला पारको थियो। मृतक पुडाशैनीको एउटा खुट्टाले होटलमा रहेको बेडमा हल्का टेकिएको थियो भने अर्को खुट्टाले भुई छोडको। घटनास्थलमा फेला पारको मृतकको मोबाइलमा रहेको भिडियो बाहिरिएपछि प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएको हो। मृत पुडासैनीले भिडियो आफ्नो आत्महत्याको कारण रवि लामिछाने र अन्य दुई जना भएको जानकारी दिएका थिए। पत्रकार पुडासैनी करिव दुई महिना अगाडि न्यज २४ बाट प्रशारण हुने ’जनतासँग सीधा कुरा’मा कार्यारत थिए। दुई महिनायता भने पुडासैनी माउन्टेन टेलिभिजनमा ‘मिसन न्युज’ कार्यक्रम सञ्चालन गर्दै आएका थिए। बुधवार सार्वजनिक भएको भिडियोमा मृत पुडासैनीले रुँदै भनेका छन्’रवि दाई, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ। केही केही दीनदुःखीको उद्धार पनि गर्नुभयो, तर अरुको प्रगति देख्न सक्नुभएन। दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको असली रुप देख्नेछ। मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ।’ भिडियोमा पुडासैनीले किटानी गरेका अन्य दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका ३ घर भएका २७ वर्षीय पुडासैनीको मृत्युलाई अहिले रहस्यमय रुपमा हेरिएको छ। आत्महत्या की हत्या? हो भन्ने विषय खुल्न सकेको छैन। आत्महत्या भएको भए कसले र किन बाध्य पार्‍यो? यस्ता प्रश्नको जवाफ प्रहरीले मात्र होइन आम मानिसले खोजी रहेका छन्। तर भिडियोमा पत्रकार पुडासैनीले भने रवि लामिछाने लगायत टिमले एक युवती लगाएर आफू आत्महत्या गर्न बाध्य भएको जानकारी दिएका छन्। गत वर्ष भदौ १ गतेदेखि लागू भएको कानुनमा आत्महत्या गर्न दुरुत्साहन दिने र आत्महत्या गर्नुपर्ने परिस्थिति सिर्जना गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्थासहितको मुलुकी अपराध संहिता ऐन, २०७४ ले गरेको छ।तर संचारकर्मी लामिछानेले भने घटनामा आफ्नो कुनै पनि संलग्नता नभएको र भएको प्रमाणित भएमा हदैसम्मको कारबाहीको माग गर्दै आएका छन्।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: