वडा सदस्यका छोरा एक लाख ६० हजार घुससहित पक्राउ


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरीको भंगाहा नगरपालिका(८ का वडा सदस्य कारी साहका छोरा मुकेशलाई एक लाख ६० हजार घुससहित रंगेहात पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका(९ पिडारी चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेटबाटै उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गर्दा मुकेश पक्राउ परेका हुन्। वडाध्यक्ष मो रफिक आलमसँग मिलेर वडा सदस्य कारीले छोरा मुकेशलाई घुस लिन पठाएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका उपसचिव हरिप्रसाद घिमिरेका अनुसार सडक ढलानको बि भुक्तानीका लागि समितिसँग वडाध्यक्ष र वडा सदस्यले घुस मागेका थिए । त्यही घुस रकम लिन वडा सदस्यले छोरालाई पठाएपछि अख्तियारको फन्दामा परेका हुन्। पक्राउ परेका मुकेशलाई आवश्यक कारवाहीका लागि बर्दिबास कार्यालय लगेको छ। छोरा घुससहित पक्राउ परेपछि वडा सदस्य कारी र वडाध्यक्ष रफिक सम्पर्क्विहीन बनेका छन् ।
अख्तियारको विज्ञिप्त


प्रेस विज्ञप्ति :- मिति २०७६।०४।२८ गते
-------------------------------------------


जिल्ला महोत्तरी भँगाहा नगरपालिका वडा नं.- ८ का वडा अध्यक्ष मो.रफिक आलम समेत ३ जनालाई घुस रकम सहित नियन्त्रणमा लिइएको ।
----------------------
जिल्ला महोत्तरी भँगाहा नगरपालिका वडा नं.- ८ का वडा अध्यक्ष मो.रफिक आलमले सेवाग्राहीसँग योजना सम्पन्न भएको सिफारिस गरेको र रकम भुक्तानी लिन सहज गराई दिए बापत घुस/रिसवत माग गरिरहेकोमा उक्त घुस /रिसवत असुल गराउने ऐ वडाका सदस्य कारी साह जमानी जिम्मा बसी वडा सदस्यको छोरा मुकेश साहलाई घुस रिसवत लिन पठाउँदैछ भन्ने प्राप्त उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज मुकेश साहलाई सेवाग्राहीसँग रू.१,६०,०००।–(एक लाख साठी हजार) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त घुसवापतको रकम सहित जनकपुर उप-महानगरपालिका वडा नं.-९ पिडारीचोक स्थित राष्ट्रिय वाणिज्य बैंक प्रवेशद्वारबाट रङ्गेहात नियन्त्रणमा लिई सोधपुछ गरी भँगाहा नगरपालिका वडा नं.-२ स्थित सितापुर चोकबाट वडा अध्यक्ष मो.रफिक आलम र वडा सदस्य कारी साहलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ  ।
प्रदीपकुमार कोइराला
प्रवक्ता



SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: