गुठिको जग्गाहरु धामाधम अतिक्रमण हुदै


प्राचीन मिथिलाको राजधानी एवं मठ मन्दिरको सहरको रुपमा परिचिति रहेको जनकपुरमा अहिले विभिन्न संघ संस्था देखि लिएर युवा कल्वहरुको नाउमा अहिले सार्वजनिक जग्गाहरु अतिक्रमणको सिकार बनेका छन। सरोकारावाला निकायको उदासिनताको कारणले जनकपुरमा धमाधम गुठिको जग्गाहरु अतिक्रमणमा भईरको छ । प्राचीन मिथिलाको राजधानी जनकपुर क्षेत्रका १० हजार बिघा गुठी जग्गा अतिक्रमणमा परेको छ। अतिक्रमित ९६ बिघा १८ कठ्ठा जग्गामा साढे पाँच सय घर बनेका छन्। अन्य जग्गा व्यक्तिले प्रयोग गरिरहेका छन्। गुठी जग्गा २०३६ सालपछिका हरेक राजनीतिक परिवर्तनपछि अतिक्रमणमा पर्दै आएको छ। गुठि संस्थानको उदासिनताको कारणले जनकपुरमा गुठिको जग्गाहरु अतिक्रमणमा पर्दै आएको छ । गुठि अधिनस्त रहेको मठमन्दिरका महन्थहरुको संरक्षणमा कपिय स्थानमा जग्गाहरुको अतिक्रमणमा परेका छन भने केही स्थानहरुमा भने भुमाफियाहरुले आफनो बलको प्रयोग देखाउदै अतिक्रमण गरेका छन ।यसलाई रोक्नको लागि गुठि संस्थान समेत क्रियाशिल नरहेको कारणले गुठिको जग्गा अतिक्रमणमा परेको स्थानियवासी एवं जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११का वडा अध्यक्ष रामचन्द्र साहको कथन रहेको छ ।
अतिक्रमण गर्नेमाथि कारवाही नगरिएको कारणले उनिहरुको अहिले मनोबल उच्च देखिएको छ । अर्को तर्फ विभिन्न समाजिक संस्था र सरकारी कार्यालयहरुले नै अतिक्रमण गरेका बसेका छन । जनकपुरको गुठि जग्गा संरक्षणको लागि विभिन्न आयोगहरुको निर्माण गर्दा समेत यस्तो आयोगको सुझावलाई कतैबाट कार्यान्वयन भएको देखिदैनन । अहिले फेरि यस्तै आयोग गठन भएर प्रतिवेदन समेत सरकारलाई बुझाई सकेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा गठित समितिले प्रतिवेदन तयार गरेको छ। प्रतिवेदनमा जनकपुरका २५ गुठीको ९ हजार ८४३ बिघा १२ कठ्ठा जग्गा अतिक्रमणमा परेको उल्लेख छ। एक हजार बिघा जग्गा रहेको ठूलो गुठी लक्ष्मीनारायण (मटिहानी) मठ अतिक्रमणमा परेको छ। उक्त मठमा ९ वटा मौजा थिए। ९ मौजामा बिन्धी, सपही, उमा, प्रेमपुर, तलसी, याही, जब्दी फूलभागा, बसहिया, नगराइन, कजरा रमौल र इटहर्वामा गुठी जग्गा रहेको तथ्यांक छ। बसहिया र फूलगाभाको जग्गा राजनीतिक परिवर्तनका बेला सबैभन्दा बढी अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख छ। ६ मौजाको २७४ बिघा १० कठ्ठा जग्गामा ६९ बिघा जग्गा अतिक्रमण परेको छ। बिन्धीको १३ बिघा जग्गामा ६ बिघा १८ कठठ, सपहीको ४३ बिघामा १५ बिघा १० कठ्ठा, उमा प्रेमपुरको सबै १७ बिघा, फूलगामाको १६५ बिघामा ३० बिघा अतिक्रम भइसकेको छ। तीन मौजा अभिलेखमा छैन। राममन्दिर गुठीको २ हजार ८६७ बिघा जग्गा अतिक्रमणको जोखिममा छ। यस्तै जानकी मन्दिरको ५९८ बिघा १० धुर र लक्ष्मण मन्दिरको ४०९ बिघा जग्गा अतिक्रमणमा परेको प्रतिवेदनमा उल्लेख छ। वरही कुटी गुठीको ७ बिघा जग्गा अतिक्रमणमा छ। उक्त गुठीको जग्गा २०५२ सालमा जनकहजारी संस्कृत विद्यापीठलाई दिएको देखिन्छ। जनकपुरका वरिष्ठ पत्रकार राम भरत साहका अनुसार आयोग रहेक पटक गठन हुने तर गुठिको जग्गा संरक्षण गर्ने निकायको मौनताको कारणले दिनप्रतिदिन जनकपुरमा गुठिको जग्गाहरु अतिक्रमण भईरहेको छ। जनकपुरका मठमन्दिरमा दुई खालका महन्थ छन । एउटा गुठिले नियुक्त गर्ने ,अर्को मन्दिरका जसले आफै उत्तराधिकारी तोक्छन । ।जानकी मन्दिर छुट गुठि अन्र्तगत पर्छ । जानकाररुका अनुसार संस्थानले तोका महन्थबाटै जग्गाको अवैध खरिद बिक्री हुन्छ । उनिहरु बिक्रीनामा वा मनखप गरेर व्यक्तिलाई जग्गा बेच्छन । कानुनी झमेला छल्न कागजमा आफु जोगिने भाषा लेख्छन । महन्थ र के्रताले अति गोप्य राख्ने उक्त कागजको कानुनी आधार भने हुन्न । यस प्रकारले जनकपुरमा अत्याधिक जग्गा बिक्री गरिने गरिएको छ। गुठि संस्थान जनकपुरका प्रमुख मनोज शर्माले जग्गा अतिक्रमणको समस्या सबै तिर देखिएको बताउनुभयो । जग्गा बेचबिखनको गति नरोकिए जनकपुर केही वर्षमै मठमन्दिर विहिन हुने अवस्था सृजना हुने देखिन्छ । गुठि संस्थानको लापरवाहीको कारणले जनकपुरको अहिले गुठिको जग्गाहरु अत्याधिक रुपमा अतिक्रमणको सिकार बन्दै आएको छ। संगठित रुपमा नै जनकपुरमा जग्गा अतिक्रमण गरिने कार्य भईरहेको छ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: