रविसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा


Surfe.be - passive income चितवन स् पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीनै जनाविरुद्ध मुद्दा दर्ताको तयारी भएको छ। प्रहरीले अनुसन्धान प्रक्रिया पूरा गरी आवश्यक प्रमाणसहित मुद्दाका लागि सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । आवश्यक प्रमाणसहित आत्महत्या दुरुत्साहन अभियोगमा मुद्दा दर्ताको तयारी गरिएको केन्द्रीय अनुसन्धानका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए। प्रहरीबाट प्राप्त फाइलअनुसार अदालतमा मुद्दा दर्ता गरिने र अन्य अदालतले हेर्ने सरकारी वकिलको कार्यालयले जनाएको छ । आइतबार बिहान चितवनमा गरेका पत्रकार सम्मेलनमा बोल्दै उपरीक्षक रेग्मीले प्रहरी हिरासतमा रहँदा रवि असुरक्षित रहेको भनी बाहिर आएको हल्लामा कुनै आधार नरहेको बताए । प्रहरीले आफ्नो काम पूरा गरेको र अदालतले गर्ने निर्णयका आधारमा कानुनअनुसार कारवाही हुने प्रहरीले जनाएको छ । प्रचलित कानुनअनुसार यस मुद्दामा अदालतबाट दोषी ठहर भएमा ५ वर्ष जेल र ५० हजार जरिवानाको सजायँ हुन्छ ।Surfe.be - passive income
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: