वन सरक्षणको उद्देश्यका साथ सागरनाथ बनमा मन्त्री परिषदको बैठक


प्रदेश नं. २को मन्त्री परिषदको बैठक आज सागर नाथ वन विकास परियोजनाको कार्यालयमा सम्पन्न भएको छ ।Surfe.be - passive income बन र चुरेको संरक्षण प्रदेश सरकारको प्राथमिकतामा रहेको सन्देश दिने उद्देश्यका साथ मन्त्री परिषको बैठक सागर नाथ बनमा गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जनाउनु भएको छ।
मन्त्री परिषदको उक्त बैठकले प्रदेशको आठ वटै जिल्लामा १ सय ९५ हेक्टरमा वृक्षा रोपण गर्ने , सागर नाथ लगायतका प्रदेश भित्रका वनहरुको संरक्षण सम्बद्र्धन गर्ने , निगमको नाउ संघीय सरकारले वन फडानी गर्न गरि रहेको प्रपंच विरुद्ध कडारुपमा प्रस्तुत हुने , चुरे संरक्षणका लागि अहिले भै रहेको अनियन्त्रित उत्खननमा तत्काल रोक लगाउने, गैरकानूनी बसोवासलाई नियन्त्रण गर्ने जस्ता निर्णय हरु गरेको प्रवक्ता यादवले बताउनु भएको छ ।Surfe.be - passive income त्यसै गरि मन्त्री परिषदको बैठकले प्रदेशका निजामति कर्मचारीहरुलाई प्रोत्साहित गर्न आन्तरिक पर्यटन निर्देशिका लाई समेत स्वीकृति प्रदान गरेको छ । मन्त्री परिषदको वैठकले विरगंजमा प्राविधिक विश्वविद्यालयको स्थापना सम्बन्धि विधेयक लाई सैद्धान्तिक सहमति दिनुका साथै संघीय सरकारले प्रदेश नं. २मा अनियन्त्रित तवरले बाँडि रहेको पेट्रोल पम्प र ग्यास डिपोको लाइसेन्स बाडी रहेको हुँदा निर्देशिका तयार नहुञ्जेल सम्म लाइसेन्स वितरणको कार्य रोक्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय समेत गरेको छ।Surfe.be - passive income सागर नाथ वनको स्वामित्वको विषयमा संघीय सरकार विरुद्ध प्रदेश सरकारले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको अवस्थामा प्रदेश सरकारले आफनो मन्त्री परिषदको वैठक सागरनाथ वनको कार्यालयमा गरेको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: