अझैँ केही दिन मनसुन सक्रिय नहुने


मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भागभन्दा दक्षिणतिर सरेका कारण अझैँ केही दिन पानी पर्ने भएको छ । आजबाट विस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जानेक्रम सुरु भएकाले नेपालसम्म आइपुग्न अझैँ केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय (वर्षा गराउने वायु) नेपालतर्फ सर्नेक्रम शुरु भएकाले पर्सिसम्ममा मनसुन पूर्ण सक्रिय हुने मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । उक्त रेखा नेपालको उत्तरतिर सर्नेक्रम सुरु भइसकेकाले आज देशभर आंशिकदेखि सामान्य बदली रही भोलि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भोलि देशैभर आंशिकदेखि सामान्य बदली रही मेघगर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ । महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानमा मेघगर्जन तथा चट्याङपर्ने सम्भावना रहेको र पहाडी भू–भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपाउन आग्रह गरेको छ ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: