भारतीय पूर्व विदेशमन्त्री स्वराजको निधन


भारतीय पुर्व विदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ । स्वराजको हृदयघातका कारण निधन भएको हो । सत्तारुढ भारतीय जनता पार्टी भाजपाका वरिष्ठ नेतृ समेत रहनुभएका स्वराजको ६७ वर्षको उमेरमा मंगलबार निधन भएको हो । स्वराजको दिल्लीको एम्स् अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । एक्कासी हृदयघात भएपछि उहाँलाई गएराति अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । यसैबीच, भारतीय पूर्व विदेशमन्त्री स्वराजको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गर्नूभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ओलीले गहिरो समवेदना व्यक्त गर्नुभएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा स्वराजले सन् २०१४ देखि २०१९ सम्म भारतको विदेशमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: