प्रदेश नम्बर २का राज्यमन्त्री मण्डल भन्छन प्रचण्ड भन्दा अरुकोही भ्रष्टाचारी छैन


सोमबार धनुषामा सहिद रामवृक्ष यादवको स्मृति सभा सम्बोधन गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त रहेको दिएको अभिव्यक्तिले तरंग पैद गरेको छ । सोमबार दिउँसो प्रचण्डले दिएको उक्त अभिव्यक्तिलाई लिएर प्रदेश २ का उद्योग,पर्यटन,वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले प्रचण्डमाथि आक्रमक हुँदै समाजिक संजाल फेसबुकमा आफ्नो पद र मर्यादा विपरीतका शब्द प्रयोग गर्दै गालीगलौज नै गरेका छन् ।उनले प्रचण्ड नेपालकै एक नम्बर नामुद भ्रष्ट रहेको दावी गर्दै लेखेका छन् ‘बाराभको शब्दमा भन्ने हो भने, “नेपालको नामुद भ्रष्ट मध्ये प्रचण्ड नं. १ नै हो । जनमुक्ति सेनाको भरणपोषणको नाममा उनले १२ अर्बको भ्रष्टाचार गरेको छ ।’राज्यमन्त्री मण्डलले प्रचण्डलाई चुनौती दिँदै अगाडी लेखेका छन् ‘मधेसमा आएर धेरै भुक्ने होइन । हिम्मत छ भने, ३८ केजी सुन निकाल, वाइडबडीको ४ अर्ब निकाल ।’उनले तथानाम गाली गर्दै प्रचण्डलाई लेखेका छन् ‘क. प्रचण्ड छुचुन्दरको जस्तो बाणी त्यागनुस । मधेसमा आएर जहिले नि जथाभावी बोल्ने फटाहा इमेज सुधार्नुस । तपाईको भन्दा बढी मधेसको चिन्ता हामी मधेसीलाई छ ।’नेकपा र काँग्रेस समेत भ्रष्टाचारको जननी रहेको सज्ञा दिँदै प्रदेश २ भन्दा सिंह दरबारमा २ सय गुणा बढी भ्रष्टाचार हुने गरेको दावी समेत गरेका छन् । ‘भ्रष्टाचारको जननी नेकपा र काँग्रेस हो । यो मुलुकमा भ्रष्टाचार के हो ? कसरी गरिन्छ भ्रष्टाचार उसैले सिकाएको छ ।’ उनले अघि लेखेका छन् ‘संघीय सरकारले नै पठाएको सचिव र मुख्यसचिव यहाँ छन्, उसलाई सोधे हुन्छ । प्रदेश नं २ भन्दा २०० गुणा भ्रष्टाचार सिंहदरबारमा हुन्छ, सक्छौ भने त्यसलाई रोक ।’ विकासको सवालमा मधेसी जनताले पहिलो पटक गाउँ गाउँमा विकासको अनुभुति गरेको दावी गर्दै उनले त्यसको श्रेय निश्चय नै प्रदेश सरकारलाई रहेको दावी गरेका छन् ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: