आज देशका अधिकांश स्थानमा मौसम बदली रहने


आज देशका अधिकांश स्थानमा आशिंक देखि सामान्य बदली रहने भएको छ । आज दिउँसो देशका अधिकांश ठाउँमा आंशिक देखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा साथै मध्य तथा पूर्वका पहाडी भू भागमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पश्चिमी भू भागका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । राति देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । महाशाखाका अनुसार देशको पश्चिमी तथा मध्य भू भागका एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । हाल देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू भागका थोरै स्थानमा हल्का वर्षा भईरहेको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: