भारतसंग बाढि र डुबानको विषयमा छलफल गर्नु पर्छ ः प्रचण्ड


नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले सिमावर्ति क्षेत्रमा बनाउदै आएको एकतर्फि बांध र सडकको कारणले नै नेपाली भुभागहरु प्रत्येक वर्ष डुबानमा पर्ने गरेको बताउनुभयो । उहाले भारत सरकारसंग यस विषयमा गम्भीर रुपमा छलफल र वार्ताको मार्फतबाट समस्याको खोज्नुपर्नेमा जोड दिनुभयो । धनुषा जिल्ला विपद व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसंग तराई क्षेत्रमा हुने गरिएको डुबानको विषयमा गम्भीर छलफल गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाले भारतले आफनो भुमिा ठुला ठुला सडक र बांधहरु बनाउने गरिएको कारणले प्रत्येक वर्ष नेपालको सिमावर्ति क्षेत्र समस्यामा पर्ने गरेको बताउनुभयो । दाहालले यस विषयमा सरकारले गम्भीरता पुर्वक भारतसंग कुराकानी गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । दाहालले प्रदेश २ को बाढी, डुबान, खडेरी, आगलगीको सवालमा सरकारले दिर्घकालीन समाधान खोज्ने बताउनुभयो । विपत् आउँदा हेरक वर्ष उद्धार र राहतको गोलचक्र सुरु हुन्छ,’ दाहालले भभन्नुभयो, ‘यो परम्परा चक्रव्युह जस्तै भएको छ। तर, विपदाको चुरो कुरा र दिर्घकालीन समाधानबारे बहस आवश्यक छ। ’परिवर्तनका लागि सबैभन्दा बढी संघर्ष गरेको प्रदेश २ मा अन्न भण्डारको संरक्षण गर्न सरकार छलफलमा जुटेको उहाले बताउनुभयो । दाहालले नेपाल–भारत दुवै सिमावर्ती क्षेत्र तर्फका जनता प्रत्येक वर्ष हुने वर्षातमा बाढी, डुबान र कटानको समस्या भोग्दै आएको बताउदैँ उहाले यस समस्या सामाधानम्भिर रहेको बताउनुभयो । प्रचण्डले वर्षेनी वर्षातले हुने बाढी, डुबान र कटानबाट हुने क्षतिलाई दिर्घकालिनरुपमा रोक्नका लागि भारत सरकारसंग सहकार्य गरेर अगाडी बढ्नु पर्ने आवश्यक्ता रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले नेपालमा प्रत्येक वर्ष वर्षाको समयमा आउने बाढीबाट ठूलो जनधनको क्षति हुने गरेको बताउँदै यो समस्या समाधानका लागि भारत सरकारसंग गम्भिररुपमा वार्ता अगाडी बढाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाले पानीको समस्या नेपालको मात्रै नभई भारतको पनि रहेकोले दूबै देशका सरकारले समन्वय गरेर अगाडी बढ्नु पर्छ । यसका लागि नेपाल सरकारले पहल पनि गरेको उहाले जानकारी गराउनुभयो । भारत तर्फ सीमामा बन्ने तटबन्ध तथा बाँधका कारण सबैभन्दा बढी समस्या प्रदेश नम्बर २ मै हुने गरेकोले सरकार तराई–मधेशको समस्या समाधानका लागि गम्भिर रहेको बताउनुभयो । दाहालले प्रदेश दुईमा बाढी मात्र नभई शितलहर, आगलागी, तातो हावा चल्नु लगायतका विभिन्न प्राकृतिक विपदहरु प्रत्येक वर्ष आउने गर्छन बताउदै ‘यी प्राकृतिक विपदहरुको चुरो के हो, यसको दिर्घकालिन समाधान के हुन सक्छ यस विषयमा सबै पक्षले गम्भिर भएर छलफल गर्नु आवश्यक रहेको बताउनुभयो यस वर्ष आएको बाढीबाट हुन सक्ने ठूलो जनधनको क्षति रोक्न सम्बन्धित निकायहरु समयमै तदारुकता देखाएकोमा प्रचण्डले खुशी व्यक्त गर्नुभयो । उहाले सिमित श्रोत साधनका बावजुद जनधनको क्षति हुन नदिनका लागि देखाइएको तदारुकताका लागि सम्बन्धित सबै निकायलाई धन्यवाद दिनै पर्ने बताउनुभयो । ’ अध्यक्ष प्रचण्डले प्रदेश दुई प्रचुर सम्भावना रहेको प्रदेश भएकोले यहाँ प्याकेज सहित सरकार आउन लागेको जानकारी गराउनुभयो । उहाले छिटै प्रधानमन्त्री सहित आफू पनि प्रदेश दुईको आठै जिल्ला भ्रमण गर्ने कार्यक्रम रहेको बताउँदै यहाँको विकासका लागि ठूलै प्याकेज दिन सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेश दुईलाई समृद्ध बनाउन सकियो भने पूरै नेपाललाई प्रदेश दुई मात्रैले धान्न सक्ने उहाको भनाई थियो ।सो बैठकमा सहभागी भएका पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले विपदमा राजनीति नगर्न सबै पक्षलाई आग्रह गर्नुभयो । उहाले विपद व्यवस्थापनका लागि नेपाल सरकार गम्भिर रहेको बताउँदै आफूहरुले समेत यसका लागि सरकारमाथि दवाब बनाउँदै आई रहेको जानकारी गराउनुभयो । नेपालले भारतको कारणले नेपालको भुभागहरु प्रत्येक वर्ष डुबानमा पर्ने गरेको बताउदै यसको लागि भारत सरकार र नेपाल सरकार बिचमा यस विषयमा केन्द्रित भएर गम्भीर रुपमा छलफलको आवश्यकता रहेको औल्याउनुभयो । कार्यक्रममा बोल्दै प्रदेश नम्बर २का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले चुरे क्षेत्रमा अहिले जसरी वस्ती बसाउने कार्यहरु भईरहेको त्यसले चुरे विनास र तराईमा विपत ल्याउने गरिएको बताउनुभयो । यादवले अहिले चुरे क्षेत्रमा जसरी मानव भण्डारी राजमार्गको निर्माणले चुरे विनासले समस्या ल्याएको बताउनुभयो । उहाले चुरे क्षेत्र मानव वस्ती विहिन गराएर विकास गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमा बोल्दै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले अषाढ अंतिम साता आएको बाढ़ीले जिल्लामा १३ जनाको मृत्यु भएको बताउनु भयो । उहाले ३ हजार ४ सय ३६ ओटा पूर्ण घर क्षति भएको र ९ हजार ४ सय ४४ घरमा आंशिक क्षति बाट झन्डै २३ करोड़ ४० लाख ३९ हजारको क्षति भएको जानकारी दिनुभयो ।उहाले तत्काल कृषको लागि कृषि विमा गर्नुपर्ने, स्वास्थ्यविमा गर्नुपर्ने, भौतिक संरचनाको व्यवस्थापन गर्नुपर्ने सुझाव दिनुभयो । कनेलले २३ करोड़ सम्मको अनुमानित कृषिमा मात्र क्षति भएको बताउदै घर बनाउनमा मात्र डेढ़ अर्व भन्दा बढि खर्च हुने अनुमान जानकारी दिनुभयो ।उहाले दैवी उद्धार प्रकोप समिति धनुषा द्वारा जिल्लाले राहतमा वितरणमा १६ लाख ३६ हजार बढि खर्च गरेको बताउनु भयो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: