आप्रवासी कामदारको मानवअधिकारका सम्बन्धमा अन्तराष्ट्रिय सम्मेलन हुने


आप्रवासी कामदारको मानवअधिकार कै सम्बन्धमा आगामी कात्तिक २६ गतेदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । मानव अधिकार आयोगले आयोजना गर्न लागेको सम्मेलनमा सार्क मुलुकसहित विभिन्न ३० देशका मानव अधिकार आयोगका पदाधिकारीहको सहभागी रहने आज आयोगले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । नेपालबाट वैदेशिक रोजगारीमा जानेको मानवअधिकारको अवस्था नाजुक रहेकाले त्यसमा सुधार गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको आयोगले जनाएको छ । सम्मेलन तीन दिनसम्म चल्नेछ । यसैविच आयोगका अध्यक्ष अनुपराज शर्माले आप्रवासी कामदारको सुरक्षा, अधिकार र न्यायमा पहुँचलगायतका विषय संवेदनशील रहेको बताउनुभएको छ । पत्रकार सम्मेलनमा उहाँले नेपाल तथा दक्षिण एसियाली मुलुकबाट लाखौं कामदार खाडीलगायतका मुलुक गइरहेको सन्दर्भमा यस्ता विषय अझ महत्वपूर्ण बनेको बताउनुभयो । अध्यक्ष शर्माले आप्रवासी कामदारको अधिकार संरक्षण सबैको चासोको विषय भएकाले यसलाई गम्भीर रुपमा लिन आग्रह गर्नुभयो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: