रक्सी सेवनका कारण रौतहटमा एकजना युवकको मृत्युु


रौतहटमा अत्याधिक रक्सी सेवनका कारण एकजना युवकको मृत्युु भएको छ । जिल्लाको कटहरिया ५ का २५ वर्षका जयप्रकाश महरा चमारको मृत्युु भएको प्रहरीले जनाएको छ । बिहानै देखी भोकै पेट रक्सी सेवन गर्ने बानीका कारण कटहरिया नगरपालिकाका विभिन्न वडाका एकदर्जन युवक गम्भिर बिरामी परेका छन् । बिरामी सबैजनाको उपचार नारायणी अस्पताल विरगञ्जमा उपचार भइरहेको छ । कटहरिया बजार लगायत नगरक्षेत्रमा अवैध रक्सी पसलमा रक्सी सेवन गर्नेको संख्या पनि बढ्दै गएको छ । प्राथमिक स्वाश्थ्य केन्द्र कटहरियाका प्रमुख डाक्टर अर्पणलाल कर्णका अनुसार बिहान भोखैपेट रक्सी खानेहरु खाना र पानी कम खाने हुनाले उनीहरुको लिवर र किडनी खराब भएर कम उमेरमै मृत्युु हुनेगरेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीले कटहरियामा सञ्चालित अबैध रक्सी पसलहरु केहीदिनमै अभियान चलाएर नियन्त्रण गर्ने बताउनुभयो ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: