राष्ट्रिय कीर्तिमान बनाउन सफल खेलाडीहरु पुरस्कृत


आठौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता एवं राष्ट्रिय कीर्तिमान बनाउन सफल खेलाडीहरु पुरस्कृत भएका छन् ।  राष्ट्रिय खेलकुद परिषद राखेपले प्रतियोगिता सकिएको ३ महिनापछि पूर्वघोषित नगद पुरस्कार वितरण गरेको हो । गत चैत २७ देखि बैशाख ११ सम्म नेपालगञ्ज, बर्दिया, दाङ, बुटवल लगायत प्रदेश ५ का विभिन्न शहरमा भएको आठौं राष्ट्रिय खेलकुदमा ३ सय ३२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । एकल र टिम गेम्सतर्फका कुल ६ सय ९६ जना खेलाडीलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेपका सदस्य सचिव रमेश सिलवाललगायतले पुरस्कार वितरण गरेका हुन् । एकल खेलतर्फका स्वर्ण पदक विजेतालाई जनही १५ हजार रुपैंया तथा टिम गेम्सतर्फका विजेतालाई जनही ७ हजार रुपैयाँ पुरस्कार दिईएको हो । यसैगरी आठौं खेलकुदमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीहरुलाई प्रति कीर्तिमान २५ हजार रुपैयाको दरले पुरस्कृत गरिएको छ । आठौं राष्ट्रिय खेलकुदमा कुल २६ वटा कीर्तिमान बनेको थियो ।  
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: