धनगढीमा विस्फोट, पाँच घाइते स् घटनास्थलबाट पेस्तोल बरामद


 धनगढीमा शंकास्पद वस्तु विस्फोट हुँदा पाँच जना घाइते भएका छन्। ५ जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। धनगढीको सहीद गेट नजिकै रहेको निलम होटलमा विस्फोट हुँदा ठेगाना नखुलेका राम सिंह, लक्ष्मण सेरेला, मोविन खान र धनगढीका जितेन्द्र यादव र होटल मालिक केशवराज पाण्डेय घाइते छन्।प्रहरीका अनुसार राम सिंह र सेरेलाको अवस्था गम्भीर रहेको छ। घाइतेको धनगढीमा रहेको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। विस्फोट भएको वस्तु के हो भन्ने खुल्न नसकेको कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। कतिपयले सिलिण्डर बम विस्फोट भएको आशंका गरे पनि सिलिण्डर जस्ताको त्यस्तै रहेको जनाएको छ। घटनास्थलमा पेस्तोल पनि फेला परेको छ।
सुरुमा सिलिण्डर विस्फोट भएको आशंका गरिएपनि घटना स्थलको प्रकृति हेर्दा सिलिण्डर विस्फोट नभएको प्रहरी नायब उपरीक्षक  बस्नेतले बताए। घटनाको अनुसन्धान भइरहेको उनको भनाइ छ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: