सहलेस क्षेत्रमा प्रदेश सरकारले बनायो हरित सडक


एतिहासिक एवं धार्मिक धरोहरको रुपमा रहेको सलहेस क्षेत्रको विकास सरकारले गरेको छ। त्यस क्षेत्रमा प्रदेश सरकारले हरित सडकको निर्माण गरेको छ। लहान १२ र २२ मा रहेको सलहेस फुलबारी सौन्दर्यकरण कार्यक्रम अन्तर्गत प्रदेश २ का उद्योग तथा प्रर्यटन मन्त्रालय र भू तथा जलाधार व्यवस्थापन लहान सिरहाको सहयोगमा नमूना हरित सडक निर्माण भएको छ । असारे बजेटमा अनियमितता र ब्रम्हलुट भईरहेको विरोघ चारैतिर भईरहेको बेला सलहेश फूलबारी सौन्दर्यकरण उपभोक्ता समितिले राम्रो काम गर्न सफल भएको छ ।निर्माण भएको नमूना सडकमा सोह्रसय आँपको विरुवा र तीनहजारको संख्यामा सुन्दर फूल्ने फूल र शीतल दिईरहने अशोकको विरुवा रोपेका छन् ।मन्त्रालयले एक महिनाअघि स्थानीय युवा गोपाल गुप्ता र रामपुकार यादव अध्यक्ष र सचिव रहेका सौन्दर्यकरण उपभोक्ता समितिले थोरै समयमा यति ठोस काम गरेका छन् कि सलहेस फूलबारी जाने जो कोहीले युवाहरु रहेको यस उपभोक्ता समितिले गरेको देखेर धन्यवाद दिने गरेका छन् ।स्थानीय कारी यादवका अनुसार सलहेस फूलबारी अन्तर्गत एककरोड भन्दा बढीको ट्रष्ट निर्माण, भवन र सडक निर्माणका कामहरु भयो तर हरित सडक निर्माण यति ठोस रुपले सम्पन्न भएको छ कि अविरल वर्षाले पनि कुनै असर परेनन् । प्रदेश २ मा नै यति कम समयमा यति ठोस काम नभएको दाबी लहान २२ का वडाध्यक्ष विन्देश्वर यादवको रहेको छ ।  उपभोक्ता समितिका अध्यक्ष गुप्ताका अनुसार उपभोक्ता समिति गठन भएको बेलादेखि नै उपभोक्ता समितिलगायत स्थानीय यूवाहरुलाई परिचालन गरेर दिनरात खटेर सौन्दर्यकरण गर्न हरित सडक बनाएका छौं । केही प्रतिशत काम बाँकी रहेको उहाँले भन्दै त्यो पनि छिटै सम्पन्न गर्न अहोरत्र काम भईरहेको छ । हरेक राजनीति दलका अगुवाहरु आएर अनुगमन गर्दा लोभलाग्दो काम गरेको भनेर धन्यवाद दिँदा हर्षले गदगद भएको उपभोक्ता समितिका सुचिव रामपुकार यादवको भनाई छ ।
सलहेस फूलबारी बाहिर रहेको खेतखेतको आलीमा राम्रो प्रजातिको मालदह, दसहरी बम्बई लगायतका आँपका विरुवाहरु रोपेर स्थानीय कृषकहरुलाई नै सुरक्षाको जिम्मा र फल लागे जमिन मालिकले नै खाने गरेर आँपको रुप लगाएको हो । सातसय ६० मिटर लामो, नौ मिटर चौडाई र अढाई मिटर उचाई भएको ग्राभेल सडकमा आठवटा स्तरीय कलर्भट जडान भएको छ ।    बैशाख १ गते लाग्ने सलहेस फूलबारीको विशाल मेला भर्न आउनेका लागि रुखको छाहारीमा शितल हुनेछ भने वातावरण शुद्धताको लागि विरुवा लगाइएको छ ।
को थिए राजा सलहेस
सहलेस फुलबारी सिराहा जिल्लाको सिस्वानी गाउँ विकास समितिमा रहेको धार्मिक तथा ऐतिहासिक स्थल हो । करिब नौ बिघामा फैलिएको सो फुलबारी दुसाध र दनुवार जातिका इष्ट देवता सहलेसको फुलबारीको रूपमा प्रसिद्ध रहेको छ । फूलबारीको मध्यभागमा रहेको हाराम नाउँको रुखको हाँगामा प्रत्येक वर्ष नयाँ वर्षको पहिलो दिन एकाबिहानै एकदिनका लागि माला आकारको सेतो फूल फूल्ने गरेको छ । अचम्म के छ भने साँझपख फूल ओइलाएर जान्छ । सातौं(आठौं शताब्दीदेखि फूल्दै आएको विश्वास गरिएको त्यो फूल हेर्न विदेशी समेत आइपुग्छन् । हारामको रुख नजीकै सहलेस महाराजा तथा मालिनीको मन्दिर (गहबर) छ। त्यहाँ गरेको भाकल पूर्ण हुने जनविश्वास रहिआएको छ । युवायुवतीले उक्त फूललाई साक्षी राखी प्रणयसूत्रमा बाँधिने गर्दछन। गहबरमा सहलेस र मालिनीको भव्य मूर्ति रहेको छ । पूजारीका अनुसार मन्दिर पछाडी इनार र बालीगंगा नदी बग्ने गरेको र इनार कहिलेकाँही अपर्झटरूपमा मात्र देखिने गरेको छ ।
फूलको बोटमा फूल फूल्नु कुनै अनौठो विषय होइन तर एकै रुखमा प्रत्येक वर्ष एक दिन मात्र माला आकारको फूल फूल्ने गरेको देख्दा अनौठो लाग्नु स्वाभाविक हो । सिराहा जिल्लामा पूर्व कर्णाटकालीन अवशेष रहेका छन । अत्यधिक सम्मान पाएका राजा सलहेस देवताभन्दा पनि लोकनायक थिए । आफ्नो वीरता, पुरुषार्थ र व्यक्तिद्वारा पूजित उनीसँग सम्मिलित यस जिल्ला धेरै ऐतिहासिक स्थलहरू रहेका छन् । सलहेस कुनै काल्पनिक पात्र नभएर आफ्ना समयका लोकनायक थिए । सलहेस गाथामा वर्णन गरिएअनुसार राजा सलहेसले एकैदिनमा मानिकदहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने तथा कुलदेवीको पूजा गरी कञ्चनगढमा पीरमार्का सुन्ने गर्दथे । सलहेसको गाथासँग जोडिएका ऐतिहासिक ठाउँहरू सिराहा जिल्लाको जनजीवनसँग गहिरो सम्बन्ध राख्दछ । पुरातात्विक महत्व बोकेका अवशेषको उत्खनन् गरी राज्यले यसको विकास गर्न सके आन्तरिक र बाह्य पर्यटक भित्र्याउन टेवा पुग्ने विश्वास लिइएको छ




SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: