चालु आर्थिक वर्षदेखि असारे विकास रोकिने सरकारको दाबी


सरकारले चालु आर्थिक वर्षबाट असारे विकास रोकिने दाबी गरेको छ । अघिल्लो आर्थिक वर्षमा कानुनी जटिलताका कारण योजना विभाजनमा समय लागेकाले सुरुका महिनामा पूँजीगत खर्च कम भएको भन्दै अर्थ मन्त्रालयले यो वर्षबाट त्यो नदोहोरिने बताएको हो । संघ, प्रदेश र स्थानीय तहमध्ये कसले कुन योजना सञ्चालन गर्ने भन्ने विषयमै अलमल भएकाले अघिल्लो वर्ष, आर्थिक वर्षको अन्तिममा मात्रै पूँजीगत खर्च बढेको मन्त्रालयको भनाइ छ ।  कुराकानी गर्दै अर्थ मन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले चालु आर्थिक वर्षमा कानुनी अप्ठ्यारो हटाइएको, कर्मचारी समायोजनको काम पनि सकएिकाले समयमै योजना पुग्ने बताउनुभयो । पहुँचको आधारमा योजना दिएकै कारण विकास खर्चको ठूलो हिस्सा असारमा खर्च हुने गरेको निष्कर्ष निकाल्दै संसदको अर्थ समितिले परिणाममूखी काम गर्न सरकारलाई निर्देशन दिएको थियो । अघिल्लो आर्थिक वर्षमा ७५ दशमलव ९१ प्रतिशत पूँजीगत खर्च भएकोमा २७ प्रतिशतभन्दा बढि बजेट असार महिनामा मात्रै खर्च भएको थियो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: