पाकिस्तानमा आत्मघाती आक्रमण हुदाँ आठ जनाको मृत्यु


पाकिस्तानको उत्तरपश्चिमी सहर देरा इस्माइल खानमा आज बिहान भएको दुई छुट्टाछुट्टै आक्रमणमा परी कम्तिमा आठ जनाको मृत्यु भएको छ । आक्रमणमा परी ३० जना घाइते भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका हतियारधारी समूहले पश्चिम क्षेत्रमा रहेको एक प्रहरी चौकीमा आक्रमण गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आज बिहान भएको उक्त आक्रमणमा परी दुई जना प्रहरीको मृत्यु भएको थियो । विस्फोटमा परी अन्य दुई प्रहरी र चार जना सर्वसाधरणको मृत्यु भएको प्रहरीले जनाएको छ । अस्पतलामा भएको आत्मघातीआक्रमणमाकरिब ७ किलो बराबरको विस्फोटक पदार्थ प्रयोग भएको प्रहरीले जनाएको छ । आक्रमणको जिम्मा तहरेक–ई–तालिबानले लिएको छ । उसले आफ्नो एक कमान्डरलाई प्रहरीले देरा इस्माइल खानमा मारेको ’बद्ला’ मा उक्त आक्रमण गरिएको जनाएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: