समाजवादी पार्टी प्रदेश समितिको अध्यक्षमा विजय

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति एकीकरण पछि गठन भएको समाजवादी पार्टीको मधेश प्रदेश समितिको अध्यक्षमा विजय यादव चयन हुनु भएको छ ।
जनकपुरमा आज आयोजित समायोजन सभामा प्रदेश समिति समायोजन कार्यदलका संयोजक, पार्टीका उपाध्यक्ष एवं प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले अध्यक्ष सहित ७० सदस्यीय नयाँ प्रदेश समितिको घोषणा गर्नु भएको हो । नवगठित कार्य समितिको उपाध्यक्षमा रामपृत पासवान, उर्मिला साह, सुशिल यादव चयन हुनु भएको छ भने मुख्य सचिवमा शम्भू झा, सचिवहरुमा दिनेश यादव, ज्ञानेन्द्र कुमार यादव र राम कैलाश यादव चयन हुनु भएको हो । त्यसै गरि कोषाध्यक्षमा रेणु यादव (सिरहा) चयन हुनु भएको छ ।
समायोजित समितिमा तत्कालिन संघीय समाजवादी फोरम नेपालको लहान अधिवेशन बाट निर्वाचित ५१ जना र नयाँ शक्ति बाट १९ जना रहेका छन। पदाधिकारीहरुमा उपाध्यक्ष सुशिल यादव र सचिव राम कैलाश यादव नयाँ शक्ति तर्फ बाट चयन हुनु भएको हो । अध्यक्ष सहितका अन्य पदाधिकारीहरु फोरमको कोटा बाट आउनु भएको छ । ११ पदाधिकारी सहितको ९९ सदस्यीय समितिमा २ उपाध्यक्ष सहित २९ सदस्यको पद खाली राखिएको छ ।
समायोजन समारोहमा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबु राम भट्टराईले संक्रमणकालमा रहेको मुलुकको निकासको लागि समुन्नत संघीय समाजवाद एक मात्र विकल्प रहेको बताउनु भयो । विश्वकै राजनीति परिदृश्यमा पुजीवादी र साम्यवादी विचारधारा चरम संकटमा फँसेको उल्लेख गर्नु हुँदै उहाँले त्यसको विकल्पमा आफुहरुले समुन्नत संघीय समाजवाद लाई अघि सारेको उल्लेख गर्नु भयो । पूर्व प्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराईले समाजमा अन्तरविरोध रहे सम्म संघर्ष जारी रहने उल्लेख गर्नु हुँदै समावेशीता र संविधान विपरित आएको लोक सेवा आयोगको विज्ञापन विरुद्ध संघर्षको विकल्प नरहेको बताउनु भयो । कार्यक्रममा केन्द्रिय समिति अध्यक्ष उपेन्द्र यादवले समाजवादी पार्टी वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा जुटेको उल्लेख गर्नु हुँदै त्यसका लागि थुप्रै पार्टीहरु संग साकारात्मक छलफल चलि बताउनु भयो ।
उहाँले संघीय लोकतान्त्रिक व्यवस्थामा संसदीय सर्वोच्चता हुने भएपनि मुलुकमा संसदीय सर्वोच्चता माथि नै प्रहार भै रहेको हुदा सचेत रहन नेता कार्यकर्ताहरु निर्देशन समेत दिनु भएको हो । आफुहरु संविधान संशोधनको सर्तमा सरकारमा सहभागी भएको उल्लेख गर्नु हुँदै उपप्रधानमन्त्री समेत रहनु भएका यादवले संविधान संशोधन नभए संघर्ष एक मात्र विकल्प रहने बताउनु भयो ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: