बाढि पछि विषालु किराको प्रकोप बढियो


कमला नदीको पूर्वी तटीय क्षेत्रको डुबानग्रस्त स्थानहरूमा अहिले विषालु कीराको प्रकोप बढ्न थालेको छ ।
गत असार २७ र २८ गते कमला नदीमा आएको बाढीले पूर्वी तटमा पर्ने सिरहा नगरपालिका–६ र १२ को बसबिट्टा तथा सारस्वरमा रहेको सिंचाईको कल्भर्ट भत्काएपछि सिरहाको सारश्वर, बेल्हा, गम्हरिया, कठ्खोल्वा लगायतका वस्तीहरू डुबानमा छन् । ती क्षेत्रहरूमा अहिले विभिन्न किसिमका विषालु कीराको प्रकोप बढ्न थालेका छन् ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, डुबानग्रस्त क्षेत्रमा मात्रै मङ्गलबारसम्म विषालु सर्पको डसाईबाट दुई जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा सारस्वरकी ५ वर्षीया सन्ध्या कुमारी साह र कर्जन्हा नगरपालिका–१ स्थित बन्दीपुर बस्ने २३ वर्षीय तिलक बराल

रहेका छन् ।लगातारको वर्षा र बाढीका कारण माथिल्लो भागबाट सर्प बगेर आउने तथा दुलोभित्र रहेका सर्प पनि जमिन बाहिर आउने भएकाले प्रकोप बढेको सिरहा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नागेन्द्र यादवले बताउनुभयो । जिल्ला अस्पतालमा मात्र बाढीयता ५० जनाभन्दा बढी सर्पदंशका बिरामी आएको बताइएको छ । बाढीपछि दैनिक छ देखि नौ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् ।‘सर्पले डसेको भनेर आउने गरेका छन् तर सबैलाई विषालु सर्पले मात्र डसेको पाइदैन’, डा. यादवले भन्नुभयो–विषालु सर्पले डसेकाको उपचार गराउदै पठाएका छौ, सर्पले डसेर अबेर ल्याइएको बिरामीको मात्र मृत्यु भएको छ ।जिल्ला अस्पतालका अतिरिक्त नेपाली सेनाको चोहर्वा र वन्दीपुरस्थित सर्पदंश उपचार केन्द्र, लहानस्थित राउस्मारक अस्पतालमा पनि बिरामी जाने गरेकाले संख्या अझै धेरै हुन सक्ने डा. यादवले जनाउनुभयो । वर्षा र बाढीको समय अझै बाँकी रहेको अवस्थामा बिरामीको संख्यामा पनि बढोत्तरी हुने भएकाले सर्पदंशको औषधि पर्याप्त मात्रामा उपलब्ध गराउन विभागसँग माग गरिएको उहाँले जानकारी दिनुुभयो ।सर्पको अतिरिक्त बाढीपीडितलाई विच्छु, खजुरी तथा अन्य विषालु कीराले समेत पिरोलेको छ । बाढीले घरगोठ डुबाएपछि खान, बस्न र सुत्नेसम्मको जोहो गर्न नसकिरहेका बेला विषालु कीराले दुःख दिन थालेकोले थप समस्या भएको सिरहा बसबिट्टाका मञ्चित महराले दुखेसो पोख्नुभयो ।जिल्ला दैवी प्रकोप उद्धार समितिले भने डुबानग्रस्त क्षेत्रमा संभावित बाढीको साथै जमिनमा घस्रिएर हिड्ने विषालु कीरादेखि बाढीपीडितलाई सतर्क रहन पटक पटक माइकिङ्ग गराइसकेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: