बाढी प्रभावितलाई स्वास्थ्य समस्या, उपचारमा कठिनाई

निरन्तरको वर्षाका कारण देशका अधिकांश भू भाग प्रभावित भएको छ । डुुबान, पहिरो र बाढीका कारण विशेषगरी क्रमशः प्रदेश १, २ र ३ बढि प्रभावित भएको छ । प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या देखिन थालेको छ । सप्तरीका सिलादेवी सदालाई ज्वरो आउन थालेको ३ दिन भयो । बाढिका कारण उहाँको घर मात्रै होइन सिंगो गाउँका झन्डै ३९ घर नै डुुबानमा  परे । तर, अहिले सम्म उहाँले औषधि उपचार गर्न पाउनुुभएको छैन । महोत्तरी मनरा सिसवाका अरविन्द कुमार यादवको परिवारमा पनि स्वास्थ्य समस्या देखिन थालेको छ । रौतहटका शिवहरी महतोको माटोको घर छ । डुुबानका कारण उहाँको घरभरि पानी पस्यो ।  विद्यालयमा आश्रय लिएर बसिरहनु भएका उहाँको परिवारलाई खान, बस्न जतजति समस्या छ । स्वास्थ्य समस्याले झन सताउन थालेको छ । ५५ लाख जनसङ्ख्या रहेको प्रदेश २ र ४६ लाखको हाराहारीमा रहेको प्रदेश १ मा बाढी र डुुबानका कारण हजारौ मानिसहरु प्रभावित भएका छन् । सरकारले प्रभावित क्षेत्रकालागि विभिन्न ११ जना सम्पर्क व्यक्ति तोकेको छ । प्रभावित क्षेत्रमा कुनैपनि किसिमको समसस्या नहोस् त्यसका लागि ती समितिले स्थानीयदेखि प्रदेश र केन्द्र सरकारले काम गरिराखेको बताउनुहुन्छ, स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन ईकाइका प्रमुख चुुडामणी भण्डारी । चिकित्सकका अनुसार बाढीले पिउने पानी र वातावरण दूषित हुनगई बाढीग्रस्त क्षेत्रमा संक्रमण हुन जोखिम उच्च रहन्छ । झाडापखाला, ज्वरो आउने, टाउको र पेट दुख्ने, आँखा पाक्ने र छालामा खटिराको समस्या देखिने भएकाले नागरिक आफै पनि सचेत रहनुपर्ने विज्ञको सुझाव छ । 
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: