रेफ्री कमिटीले एन्फालाई वार्षिक प्रतिवेदन बुझायो


अखिल नेपाल फुटबल संघ (एन्फा) को रेफ्री कमिटीले एन्फालाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ ।
एन्फाको रेफ्री कमिटीले आज एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रतिवेदन बुझाएको हो । एन्फा केन्द्रिय सदस्य तथा रेफ्री कमिटीका संयोजक रबिन्द्रनाथ कोजुले प्रतिवेदन अध्यक्ष शेर्पालाई बुझाउनुभएको थियो । एन्फालाई बुझाईएको प्रतिवेदनमा देशभर एन्फा रेफ्रीले खेलाएको प्रतियोगिताको विवरण रहेको छ । प्रतिवेदन  बुझाउदै रेफ्री कमिटिका सदस्य सुरेन्द्र सिख्राकारले फिफाले नयाँ नियम ल्याएको र त्यसका लागी ट्रेनिङको वातावरण बनाउन एन्फालाई आग्रह गर्नुभयो । प्रतिवेदन बुझेपछि अध्यक्ष शेर्पाले फुटबलमा रेफ्रीको ठुलो भूमिका रहने तर सन्तोष जनक नभएको बताउनुभयो । नेपालमा हाल १२ जना फिफा रेफ्री १२ रहेका छन् । जसमा पुरुष १० रहदा महिला २ रहेको छ । यस्तै राष्ट्रिय मान्यता प्राप्त रेफ्री २० जना छन् ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: