रौतहटमा एउटा वडा कार्यालयमा आगजनी

अज्ञात समुहले मंगलबार राती रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्वर ३ कार्यालयमा आगजनी गरेको छ ।आगलागीबाट लाखौ रुपैयाको क्षति भएको छ। रौहहटमा निकै विवाद रहेको अवस्थामा आगजनी भएको छ। मंगलबार राती १.०० बजे गैंडाटारमा रहेको वडा कार्यालयमा आगजनी भएको हो । आगजनीको घटनामा संलग्न गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ गरेका ब्यक्तिमाथि छानबिन भईरहेको ईलाकाप्रहरी कार्यालयले जनाएको छ । प्रहरीले पक्राउ परेका ब्यक्तिको अनुसन्धान भईरहेको भन्दै नाम खुलाएको छैन् ।आगजनीबाट वडा कार्यालयमा रहेको कम्प्युटर,ल्यापटप,प्रिन्टर लगायतका सामानका साथै कागजात समेत नष्ट भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक कबित कटुवालले जानकारी दिनुभयो ।आगलागीबाट वडा कार्यालयको छ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको वडा अध्यक्ष रबी देवकोटाले बताउनुभयो ।आगजनी विप्लव माओवादी समूहको घोषित बन्दको पुर्बसन्ध्यामा भएकाले विप्लव माओवादीको हात रहेको आशंका गरिएको छ । तर सो समूहले आगलागीको जिम्मा भने लिएको छैन । यसअघि छिमेकी जिल्ला सर्लाहीमा विप्लव माओवादी समूहका जिल्ला नेता मारिएका थिए । आगजनीको घटनापछि चन्द्रपुर नगरपालिका क्षेत्रका बासिन्दा त्रसित छन् ।यसैबीच कार्यालय अगाडि रहेको चौतारोमा राखिएको बम जस्तो देखिने शंकाष्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । घटनामा मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव निरीक्षक कवित कटवालले जानकारी दिनुभयो । उहाँकाअनुसार घटनामा संलग्न रहेको आशंकामा स्थानीय एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: