साउन महिनाको पहिलो सोमवार,शिवालयहरुमा श्रद्धालुहरुको घुइचो


साउन महिनाको पहिलो सोमवार आज जनकपुरमा अत्याधिक भिड देखिएको छ। शिवालयमा आज भगवान शिवलाई मनपर्ने बेलपत्र, जल, पञ्चामृत चढाई पूजाअर्चना गर्ने गरिन्छ । आराध्यदेव पशुपतिनाथ, महोत्तरीको जलेश्वर, दोलखाको भीमेश्वर, पर्साको पारसनाथ, पनौतीको भालेश्वर, डडेल्धुराको भाग्येश्वर, सप्तरीको भजनेश्वर, कैलालीको बेडाबाबा र रुपन्देहीको मनौरी महादेवलगायतका शिवालयमा साउन महिनाभर नै महादेवको विशेष उपासना गर्न श्रद्धालुुहरूकोे भीड लाग्ने गर्दछ । साउनभर ब्रतालु, भक्तजनको चाप बढ्ने भएकाले साउनभरको सोमबारका लागि विशेष तयारी गरेको पशुपति विकास कोषले जनाएको छ ।
शिवालयहरुमा हरियो, पहेंलो, रातो रङका पहिरन, चुरा, पोते, नेलपोलिस, मेहन्दी आदि लगाई सोह्र शृंगारमा सजिएका नारीहरुको भीड लागेको छ।यस्तै कतिपय शिवालयमा बोलबम तीर्थयात्रीको लर्को लागेको छ।
राता, हरिया र पहेंला चुरा
विवाहित महिलाका लागि चुरा, पोते र टीकाको महत्त्व बढी हुन्छ। विवाहित भएपछि हरेक महिला एउटा भए पनि चुरा लगाएर हिँडेका हुन्छन्। पहिरनको रङसँग मिल्ने काँचका चुरा हातभरि लगाउँदा सौन्दर्यमा आकर्षण थपिन्छ।
सोमबारको व्रत बस्ने महिला वा नबस्ने महिला नै किन नहून्, उनीहरू हातभरि हरिया चुरा एवं बालामा सजिएका देखिन्छन्। साउनमा दसैं, तीज तथा विवाहको लगनमा जत्तिकै चुरो व्यापार हुने व्यापारी बताउँछन्।
विवाहित महिलाका लागि पोतेको महत्त्व विशेष छ। रातो साडीमा हरियो पोते लगाउँदा महिलाको सौन्दर्यमा थप वृद्धि हुन्छ। तीज एवं साउने सोमबारमा त पोते अनिवार्य नै भएको छ। केही समयअघि पोतेमा तिलहरी मात्र राखेर लगाउने चलन थियो भने अहिले पोतेका डिजाइन र माला बनाई लगाउने चलन चलेको छ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीका अनुसार सोमबार बिहान साढे ३ मा नै दर्शनार्थीका लागि मन्दिरको ढोका खुला गरिने भएको छ । साउनमा बोलबम तीर्थयात्री पनि आउने भएकाले विशेष तयारी गरिएको कोषले जनाएको छ ।जनकपुरको शिच चौकमा रहेको महादेव मन्दिर,कुपेश्वर स्थान सहितको ठाउमा श्रद्धालुहरुको भिड लागेको थियो । साउन भगवान् शिवलाई मनपर्ने महिना हो । त्यस्तै सोमबार शिवजीको प्रिय दिन हो। साउने सोमबारको अवसर पारेर देशभरका शिवालयमा बिहानैदेखि श्रद्धालुको भीड लागेको छ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: