सशस्त्र प्रहरी द्वारा लागुऔसध सहित तीन युवा पक्राउ

धनुषा जिल्लाको दक्षिणी सिमावर्ती नाका नगाराइन नगरपालिका २ जटहि बाट सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट नगाराइनको टोलिले चेक जाँचको क्रममा धनुषा जिल्ला मिथिला नगरपालिका का तीन जना युवालाई प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका वार्ड न. ५ का ३६ वर्षीय लक्ष्मण महतो , १७ वर्षीय राम किशोर महतो र सोही नगरपालिका को वार्ड न. ३ का २२ वर्षीय चन्द्र देब प्रसाद कुशुवा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट नगराइनका प्रमुख सशस्त्र प्रहरी निरीक्षक मनोज खड्काले जानकारी दिनुभयो । सशस्त्र प्रहरी निरीक्षक खड्काका अनुसार भारतबाट ज ९ प ८३८७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका तीन जनालाई शंका लागेर चेकपोष्टमा बुधबार राति ११:०० बजेको समयमा चेकजाँच गर्दा २२ बोतल डाइलेक्स डि.सि , नाइट्राभेट टयाब्लेट र स्पासमो लागुऔषध फेला परेको हो। पक्राउ परेका तीन जनालाई मोटरसाइकल सहित आबश्यक कारबाहीका लागि नेपाल प्रहरीमा बुझाइएको जानकारी दिनुभयो ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: