विश्व प्रसिद्ध गढिमाई भौतिक पुर्वाधारको आभाव झेल्दै


राज्यले ध्यान नपुरयाउदा बिश्बमा बलिका कारण चर्चा बटुलेको बाराको गढीमाई पुर्बाधार बिहिन बनेको छ ।
धामीक पर्यटनको प्रचुर सम्भाबना बोकेको गढीमाईमा दर्शनार्थीहरुलाई बसोबास, पानी सौचालय, धार्मीक कार्य स्थल र संचार लगाएतका पुर्बाधार नहुदा गढीमाईमा राज्य सरकारको उपेक्षा देखीएको हो ।मागेको कुरा पुरा हुने अनि देबीलाई प्रशन्न बनाउन पशुपक्षिं बलि दिने प्रचलन रहेको गदिमाईमा दैनीक हजार बढि भारतिय र नेपालका बिभिन्न ठाउहरुबाट भक्तालुहरु आउने गरेका छन ।संसारमै सबैभन्दा बढी बली चढ्ने शक्तिशाली देवीको रूपमा चिनिने देबीलाई भाकल पुरा भए पछि भक्तजनले अपर्ण गरी पंच बर्षिय मेलामा चढाएको पशुबलीको रगतमा झिँगा नलाग्नु, बलि सुरु हुनु पुर्ब दियोमा आपरूपी बत्तीआफै वल्नु र मानब सहित पंच बलिमा सेतो मुसा आफै बलिको लागी उपस्थित हुनु साक्षात शक्तिकी देवीको रूपमा भनिनुको  विशेषता हो ।बिगत ५ बर्ष अघि बलिका कारण बिश्बभर एकाएक चर्चा बटुलेर संसारभर संचार माध्ययममा छाए पछि गढिमाईमा अहिले दैनीक दुई तिन हजार र शनिबार ५ हजार भन्दा बढि भारतिय र नेपाली भक्तजनहरु मंदिरमा आउने भाकल गर्ने पुजाआजा र दर्शन गर्ने गरेको पाईन्छ
बाराको सदरमुकाम कलैयाबाट सजिलै ५ किलोमिटरको यात्रा पछि पुगीने गढिमाईमा सडक भन्दा बाहेक अन्य पुर्बाधार सरकारी बेबास्थाका कारण बन्न नसक्दा भक्तजनहरु पुजामात्र गरेर फर्किहाल्ने गरेको पाईन्छ ।।केन्द्र सरकारले आज सम्म कुनै पनि भौतीक पुर्बाधारमा लगानी नगरेको स्पष्ट देखीएको  एक दर्शनार्थीले बताए ।
धर्मशाला, बिबाह मंडप, राम्रा होटल, लज, शौचालय, संचार, फोहर ब्यबस्थापन गढीमाई बिकाशको र धार्मीक पर्यटनको पहिलो आबश्यकता हो ।
गढिमाई मंदिर संचालन तथा बिकाश समितीका सचिब मोतीलाल कुशुबाहले आफु १५ बर्ष देखी समितीमा रहेर प्रत्येक बर्ष सरकारी निकायलाई पुर्बाधार निर्माणको निम्ती आफनो समिती र स्थानीय राजनैतिक दलका नेताहरु लिएर जादा समेत हाल सम्म प्रगती नभएको गुनासो गर्छन ।
बृहत गढिमाईको गुरुयोजना बनेको समेत दशौ बर्ष बित्न लागेको छ । ५ बर्ष अघि बलि ब्यबस्थीत गर्न रंगशाला निर्माण गरीएको छ भने हालै मात्र स्थानीय तह बाट शौचालय र मंदिर परिसर भित्र टायल बिच्छाउने काम गरीएको छ भने प्रदेश सरकारले आफनो लगानीमा धर्मशाला र बिबाह मंडप बनाउने भएको छ ।त्यस बाहेक आफना काम देबीकै कारण पुरा भएका दाताहरुले सामान्य पुर्बाधारहरु मंदीरमा लाईन लाग्दा घाम पानी छेक्ने टष्ट खानेपानी टंकी निर्माण गरीदिएका छन ।
गढिमाई देबी शेषनागले ढाकेको, सुनको मुकुट लगाएकी, नाकमा फुली, कानमा कुण्डल, खुट्टामा चाँदीको पाउजु लगाएकी, दुवै हातमा सुनको बाला, एउटा हातमा खड्ग, अर्को हातमा बज्र अनि रातो कमलमा उभिएकी, रातो पछ्यौरी, रातो चोली, रातो सारी लगाएर विराजमान रहेकी छिन । उतm गढिमाईको मन्दिर प्यागोडा शैलीमा बनेको छ । पोखरीको पश्चिमपट्टिको डिलमा बाबा कलेश्वरनाथको मन्दिर छ । गढीमाईको मन्दिरदेखि २ सय किमि पूर्वमा ब्रम्हबाबाको मन्दिर छ । मन्दिरको पश्चिममा एउटा ठूलो मैदान छ । मैदानको उत्तरमा राजदेवी वनशक्ति माँको स्थान छ । पूर्वमा गडाबडा माँ को स्थान छ । साथै दक्षिणमा दुईवटा काठको खम्बा गाढी दुई स्थानमा जाखा जाखिन हुनुहुन्छ, त्यसको ठिक पश्चिममा मटही कंकालीमाईको मन्दिर छ जहाँ सुँगुरको बली चढाइन्छ । चौताराको सिढीको उत्तरपट्टी हरप्रित राजाको स्थान छ । चौताराको पश्चिम पट्टीको सिंढीको अगाडि एउटा खम्बा गाडिएको छ जहाँ महिषासुरको पूजा हुन्छ । ब्रम्हबाबाको मन्दिरदेखि दक्षिणपट्टि पगडीको नजिकमा धामी बाबाको पूजा गरिन्छ । गाउँतिर दुईवटा पिपलको रूख जुन द्वार जस्तो देखिन्छ त्यहाँ रूख र नाथको पूजा हुन्छ । पश्चिम पिपलको रूखमुनि पूजाको समय गढीमाईको सातै बहिनीको पूजा हुन्छ । गढीमाईको मन्दिर देखि १ सय किमि दक्षिणपट्टि गाउँको पश्चिममा जोरहलाही माँको मन्दिर छ । बीचगाउँमा संसारी माँको मन्दिर छ । गाउँ र जोरहलाही माँको बीचमा सम्भे माँको मन्दिर छ । गढीमाईको मन्दिर देखि डेढ किमि दक्षिण पूर्वमा अर्थात गाउँदेखि हरेक साल मकर संक्रान्तिको दिन खिचडीको मेला लाग्छ ।
गढीमाईका मुल पुजारी मंगल चौधरीको भनाई अनुसार आजसम्म गढीमाईलाई सम्झेर भाकल गरेको हरेकको इच्छा पूरा भएको गढीमाईको दर्शन गर्न भारतिय, नेपाली बाहेक बिदेशी पर्यटक समेत घुम्न आउने गरेको बताउछन ।
पंचबर्षिय मेला यसै बर्षको मंसिरमा लाग्ने भएको छ गत मेलामा १ करोड भन्दा बढि दर्शनार्थीहरुले मेला भरेको करिब २० हजार रागा र लाखौ बोका, हास, कुखुरा परेबाको बलि भएको गढिमाई मंदिर संचालन तथा बिकाश समितीले जनाएको छ । त्यस बेला भारतीय सरकारले भारतिय भाकल गरेकाहरुले चढाउन ल्याएको रागां बोका पशु पक्षि बलि नचढाउन रोक लगाएको सिमा नाकामा ब्यापक कडाई गरेको थियो
गत मेलामा भिडले किचेर तिन जनाको ज्यान गएको महिना भर मेला लाग्ने हुदा शौचालय नहुदा मेलाबरपर ५ किलोमिटर सम्मद दुर्गन्ध फैलीएको थियो ।
गढिमाई मंदिर संचालन तथा बिकाश समितीका अनुसार मेला ब्यबस्थीत गर्न लागे शक्ति गरे पनि नहुने र  यो बर्ष अहिले देखीनै ब्यबस्थि तगर्न जुटेको जनाएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: