कमला नदिमा नदिजन्य स्रोतको व्यापक दोहन,जनप्रतिनिधिको मिलोमतो


सिरहा धनुषा र महोत्तरी जिल्ला सहितको स्थानहरुमा कमला नदि सहितको सामग्रीहरुको व्यापक दोहन हुन थालेको छ । नदिनहरुमा नदिन जन्य समानहरुको व्यापक दोहन हुन थालेको छ । नदिन दोहनको कार्यक्रममा जनप्रतिनिधिहरुको नै संग्लनता देखिएको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिकाले कमला नदीको बहाव फर्काउने बहाना बनाएर खुलमखुला एक्साभेटर र डोजर लगाई दोहन तीव्र पारेको हो।नदीवरपर सञ्चालित ढुंगारोडा उद्योगले नगरपालिका, जिल्ला समन्वय समिति र स्थानीय प्रशासनसँग गोप्य छलफल गरी कमला नदीमा एक्साभेटरमार्फत उत्खनन तीव्र बनाएका हुन्। जिल्ला समन्वय समिति धनुषाले २०७५ फागुन ३० मा गणेशमान चारनाथ नगरपालिकालाई पठाएको पत्रमा उल्लेख छ, ‘यस नगरपालिकाबाट २०७५ माघ ८ गते (च.नं. ७७२) प्राप्त पत्रमा कमला नदीको बीचभागमा पानीको बहाव फर्काउन जेसिबी (एक्साभेटर) प्रयोगका लागि माग भएको जानकारी प्राप्त भयो। कमला नदीको पुलका पिलर बिग्रिने अवस्थामा पुगेको नगरपालिकाले पठाएको पत्रमा उल्लेख रहेकाले नगरपालिकाका प्रतिनिधिको रोहबरमा सर्वप्रथम पिलरमा माटो हाली मापदण्डभित्र रही कमला नदीको बीच भागमा पानीको बहाव फर्काउन जेसिबी (एक्साभेटर) प्रयोग गरी बालुवा उत्खनन गर्नू।’ पत्रमा जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैत यादवले हस्ताक्षर गरेका छन्।
समन्वय समितिको यसै पत्रलाई आधार बनाएर गणेशमान चारनाथ नगरपालिकाले कमला नदीमा एक्साभेटर र लोडरमार्फत उत्खनन गर्न छुट दिएको हो। नगर प्रमुख रामबाबु यादवले कमलामा भइरहेको दोहन जनहितमा भएको दाबी गरे। उनले नागरिकसँग भने, ‘नियम कमला नदीमा मात्र लाग्ने हो कि अन्य नदीखोलामा पनि लाग्छ ? महोत्तरीको रातु नदीमा दर्जनौं एक्साभेटर र लोडरले उत्खनन गर्दा गैरकानुनी नठहरिने तर कमलामा दुईचारवटा एक्साभेटरले उत्खनन गर्दा हंगामा हुने ?’गणेशकुमार सिंहका अनुसार कमलामा एक्साभेटर प्रवेश रोक्न गरेको प्रयास सफल भएन। जति गरे पनि नसकपछि चुप लागेर बसेको सिंहले बताए।
यो नदीमा पहिलो पटक एक्साभेटरले नदीजन्य पदार्थ खनेको देख्ने प्रशस्त छन्। त्यसैमध्येका एक हुन् दोरिक पासवान। उनी भन्छन्, ‘प्रहरी, प्रशासन र जनप्रतिनिधिकै मिलेमतोमा ढुंगा, गिटी, बालुवा उत्खनन तीव्र बनेको छ। मान्छेले निश्चिम परिणाममा गिटी बालुवा निकाल्नुपर्नेमा नदीको बीचभागमा डोजर पु¥याएर दिनरात अनियन्त्रित दोहन भइरहेको छ।’ सरकारी मिलेमतोमा मात्रै यसरी दोहन सम्भव हुने उनले बताए। एक्साभेटर लगाएर नदी खन्न थालिएपछि किनाराका किनाराका बस्ती र जलचरसमेत संकटमा परेका छन्।
गणेशमान चारनाथ नगरपालिकाले केही दिनअघि कमलाको बहाव परिवर्तन गर्न, नदीको पुल सपार्न भन्दै एक्साभेटर प्रयोग गर्न दिन जिल्ला समन्वय समितिलाई दबाब बढाएको थियो। सिरहा र धनुषाको सीमा नदी भएकाले दुवै जिल्लाका समन्वय समिति, सुरक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारीबाट संयुक्त अनुगमन गराइयो। त्यसपछि जिल्ला समन्वय समिति धनुषाले गणेशमान चारनाथ नगरपालिकाको मागअनुसार कमदामा एक्साभेटरमार्फत उत्खननका लागि अनुमति दियो।
समन्वय समितिले नगरपालिकाको मागको अवस्था, गाउँबस्ती प्रभावित भए÷नभएको, नदीजन्य पदार्थको अवस्था, निकाल्न मिल्ने÷नमिल्ने विषयमा अध्ययन, कहाँबाट कति, कसरी निकाल्नेबारे अध्ययन गरेको पाइँदैन। उत्खनन भइरहेको स्थानमा कहींकतै उत्खनन स्थल भनेर लेखेको पाइँदैन। उत्खननमा नगरपालिकाका पदाधिकारी अनुगमन पनि भएको छैन।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: