जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड, सात वडाध्यक्षले गरे बहिष्कार

आगामी आर्थिक वर्ष २०७६र०७७ का लागि जनकपुरधाम उपमहानगरपालिकाले १ अर्ब ६७ करोड ५५ लाख ७३ हजार २ सय २० रुपैयाँको बजेट ल्याएको छ।शुक्रबार उपमहानगरपालिकाको चौथो नगरसभा अन्तर्गत उपमेयर रिता मिश्रले आर्थिक विधेयकमार्फत् उक्त बजेट प्रस्तुत गरेकी हुन्।प्रस्तुत गरिएको बजेटअनुसार पुँजीगततर्फ १ अर्ब १४ करोड ४० लाख ४२ हजार र चालुतर्फ ५३ करोड १४ लाख ७५ हजार विनियोजन गरिएको हो।विनियोजित बजेटअन्तर्गत संघीय सरकारबाट सशर्त अनुदान ४० करोड, प्रदेश सरकारबाट २ करोड, संघबाट समाजिक सुरक्षाका लागि २४ करोड, आईयूडीपीबाट १३ करोड, संसदीय कोषबाट २ करोड ७५ लाख रकम रहेको छ।

विनियोजित बजेटमध्ये १५ करोड ७० लाख तलब भत्ताका लागि छुटयाइएको छ ।
नगर सभामा स्पष्ट बजेट नआएको भन्दै बोर्ड सदस्यहरुले विरोध जनाएपछि औपचारिक रूपमा कागजातसमेत वितरण गरिएन।सञ्चारकर्मीले विनियोजित बजेटको लिखित कागजात माग गर्दा मेयर लालकिशोर साहले विनियोजित बजेटको केही योजनामा त्रुटी भएकोले त्यसलाई संशोधन गरी प्रस्तुत गरिने बताए।१ सय ३१ जना बोर्ड सदस्यमध्ये ७ वडा अध्यक्ष र सदस्यसहित ३१ जना बोर्ड सदस्यले नगर सभा बहिष्कार गरे पनि मेयर साह र उपमेयर मिश्रले सौहाद्रपुर्ण वातावरणमा सम्पन्न भएको दाबी गरेका छन्।कांग्रेसबाट वडा नं ९ का वडाध्यक्ष परमेश्वर साहले भने बजेटको छलफलका लागि कुनै समय दिई कुन वडामा कुन योजनामा कति बजेट छुटयाइएको भन्ने जानकारी नदिई एक्कासी हचुवाको भरमा ल्याएर पास गर्न दबाब दिनु हैकमवादी प्रवृत्ति देखिएकोले बहिष्कार गरेको बताए।उनले भने बजेटमा समानीकरण र आवश्यकताको हिसाबले प्रत्येक शीर्षकअनुसार रकम विनियोजन नगरेसम्म आफ्नो विरोध जारी रहने बताए।
विभिन्न शिर्षकमा अनियमितता भएको दावि
जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न शिर्षकमा आनियमितता भएको राजपाबाट नै निर्वाचित जनप्रतिनिधिहरुले आरोप लगाएका छन । नाम नबताउने शर्तमा ती वडा अध्यक्षहरुले मेयरले मनोमान िकिसिमले नगर चलाएको आरोप लगाएका छन। जनकपुरधाम उपमहानगरपालिकाको वडा कार्यालय बैठक भत्तामा १९लाख ५ हजार ८ सय ७२ खर्च  गरेको देखिएको छ त्यसैगरिबैठक तथा यातायात ६लाख ६२हजार ४ सय २८ खर्च देखिएको छ। जनकपुरधाम उपमहानगरपालिकाका पदाधिकारी भ्रमणमा १५लाख ३२ हजार ६सय ३९ खर्च गरिएको देखिएको छ।
उपमेयर नै असतुंष्ट
जनकपुरधाम उपमहानगरपालिकाका उमेयर नै बजेट प्रति असतंष्ट देखिएका छन। उनल आफनो नजिकका व्यक्तिहरुलाई बोलाएर आफुलाई विहान १० बजेट बजेट देखिएको र वाचन गर्नको लागि भनेको बताएका थिए । उपमेयर असतुंष्ट देखिएपछि मेयर आफै उपमेयरको कार्यकक्षमा पुगेर खाना खानको लागि आग्रह गरेका थिए ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: