विवादमा निति आयोगका उपाध्यक्ष,कारवाहीको तयारी


प्रदेश नम्बर २का निति आयोगका उपाध्यक्ष डा. हरिवंश झा विवादमा तानिएका छन। झाको कार्यशैली प्रति निति आयोगका सदस्यहरु असंतुष्ट रहेको अवस्थामा अहिले प्रदेशका सांसदहरु समेत निकै असंतुष्ट देखिएका छन। झाले गतहप्ता जनकचोकमा आयोजित एउटा सार्वृजनिक कार्यक्रममा प्रदेश २ का १ सय ७ जना साँसदहरु भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका थिए । उनले साँसदहरुले बजेटमा हिस्सेदारी लिने गरेको, ३ करोड मागेको र सबै खाने गरेको आरोप लगाउँदै प्रदेशमा साँसदहरुकै भ्रष्टाचारको कारण जनताले विकासको अनुभूत गर्न नसकेको बताए ।पद नखोलेपनि झाले प्रदेशका मुख्यमन्त्री, मन्त्री, सभामुख समेत सबै साँसदहरुलाई भ्रष्टाचारी किटानी गरेका थिए । झा प्रदेशको राज्यमन्त्री सरहको तलब सुविधा खाने उपाध्यक्ष हुन् । प्रदेशमा उनले गर्ने कार्यक्रममा भोजन प्रति छाक प्रति व्यक्ति १ हजार ४ सय रुपैया देखाउने गरेका छन् ।
सरकारी पदमा रहेर सरकार र साँसदहरुको आलोचना गर्ने झामाथि कार्वाहीको माग साँसदहरुले गरेका छन् । ‘झाको तत्काल राजिनामा माग्नु पर्छ’ नेपाली काँग्रेसका प्रदेश साँसद ओमप्रकास शर्माले भने, ‘उनले राजिनामा नदिए संसदमै महाअभियोग लगाउनु पर्छ ।’
झाले आफ्नो दायित्व निर्वाह गर्न असफल भएपछि साँसद र मन्त्रीहरुमाथि सरकारले यस्तो आरोप लगाउन थालेको साँसद बच्चा यादवले जनाए । झाको राजिनामा सोझै मुख्यमन्त्रीले माग्न सक्ने बताइएको छ । मुख्यमन्त्री लालबाबु राउत सोमवार काठमाण्डु गएकाले उनी फर्केपछि छलफल हुने बताइएको छ ।सरकारको नीति आयोगले तेस्रो आर्थिक वर्ष प्रारम्भ हुन लाग्दा सम्म प्रदेशका लागि कुनै ठोस नीति तथा कार्यक्रमहरु ल्याउन सकेको छैन् । विभिन्न गैह्र सरकारी संस्थाहरु मार्फत बजेट खर्च गर्ने झाले प्रदेशका लागि उपलब्धि मुलक कार्य गर्न नसकेको आरोप लाग्दै आएको छ ।



SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: