बट सावित्रि पर्व हर्षोउल्लासका साथ मनाइदै


पतिको दीर्घायुको लागि आज मैथिलानी धार्मिक विधिपूर्वक वटसावित्री पर्व मनाइरहेका छन् ।
यस पर्वको अवसरमा जनकपुरको राम मन्दिर,शिवमन्दिर स्थानलगायत  बिहानैदेखि महिला वरको रुखको पूजा गरेर पतिको दीर्घायुको कामना गरिरहेका छन् ।वटअर्थात् वरको रुख र सतिसावित्रीको जीवनसँग जोडिएको र वरको रुखमुनि बसेर पतिको दीर्घायुको लागि पूजा गर्ने गरिएकाले यस पर्वलाई वटसावित्री पर्व वा वरसाइत पर्व भन्ने गरिएको हो ।हिन्दूधर्मको मान्यताअनुसार जेठ आमोवस्यामा वरको रुखमा ब्रह्मा, विष्णु र महेश बास हुने भएकाले यो पर्वमा वर रुखको पूजा गरेको खण्डमा त्रिदेव खुसी हुने धार्मिक विश्वास रहिआएको छ ।यस पर्वको अवसरमा विवाहिता बिहानैदेखि उपवासमा बसेर स्नान गरी नवबस्त्र धारण गरेर आँप, लिच्ची, स्याउ, केरा, मिठाईका साथै अनिवार्य रुपमा बाँसको नयाँ पङ्खा लिएर वरको रुखमुनि बसेर पूजा गरिरहेका छन् ।स्कन्धपुराणमा उल्लेख गरिएअनुसार, मद देशका राजा अश्वपतिकी छोरी सावित्रीको विवाह शाल्वदेशको प्रदमत्ससेनको छोरा सत्यवानसँग विवाह भएको थियो ।विवाह भएको केही दिनभित्रै सत्यवानको प्रभास क्षेत्रको एक जङ्गलमा निधन भयो ।
सावित्रीले मृत्युवरण गरिसकेका आफ्ना पति सत्यवानलाई आफ्ना बुद्धि र सतित्वको बलमा यमराजबाट पतिको जीवन फिर्ता ल्याएर दीघार्युको आशीर्वाद पनि प्राप्त गर्न सफल भएकी थिइन् ।धार्मिक विधिपूर्वक आजको तिथिमा वरको रुखमुनि बसेर विवाहिताले पूजापाठ गरेको खण्डमा पति दीर्घायु हुने विश्वासका साथ यो पर्व मनाउने गरिएको हो ।यसका साथै खासगरी मैथिल ब्राह्मण, कायस्थ, व्यास र स्वर्णकार जातिमा नवविवाहिता पहिलो पटकमा विशेष पूजापाठका साथै धुमधामका साथ यो पर्व मनाउने गर्छन् भने मैथिल जातिका विवाहिता पनि यस पर्वको शुभारम्भ गर्छन् ।
नवविवाहितालाई पहिलोपल्ट पर्व मनाउनका लागि ससुरालीबाट नयाँ बस्त्रका साथै विभिन्न प्रकारका कोसेली र माटोको कलात्मक नाग, नागिन, गौँरी र बेहुला–बेहुलीको मूर्ति पठाउने गरिन्छ ।
सर्पको डसाइबाट जोगिने उद्देश्यका साथ नागनागिनको पनि पूजा गर्ने गरिन्छ ।अहिले सबै जातका महिलाहरुले यस पर्व मनाउने गरेका छन  ।
भिडियोको लागि तलको लिंग खोल्नुस
https://www.youtube.com/watch?v=n_YprOfKISo&feature=youtu.be


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: