३८ अर्ब ७२ करोड ५६लाख ६१ रुपैया बराबरको बजेट प्रस्तुत


६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य सहित प्रदेश नम्बर २को आर्थिक वर्ष २०७६।०७७को बजेट सार्वजनिक गरिएको छ। आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले ३८ अर्ब ७२ करोड ५६लाख ६१ रुपैया बराबरको बजेट प्रस्तुत गर्नु भएको छ। प्रस्तुत गरिएको बजेटमा विगतमा संचलनमा रहेको मुख्यमन्त्री स्वच्ता अभियान तथा बेटी बचाउन बेटी पढाउ अभियानलाई निरन्तरता दिइएको छ। मुख्यमन्त्री स्वच्ता अभियानको लागि लागि ३१ करोड ३३ लाख विनियोजन गरिएको छ भने मुख्यमन्त्री बटी पढाउ बेटी बचाउन अभियानको लागि लागि ३९ करोड ३३ लाख विनियोजन गरिएको छ। त्यसैगरि प्रस्तुत गरिएको बजेटमा  विगत वर्षहरुबाट कार्यान्वयनमा रहेको प्रदेश सभा सदस्यहरु निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई यस वर्ष समेत निरन्तरा दिइएको छ। यसको लागि २ अर्ब ३५ करोड रुपैया विनियोजन गरिएको छ। त्यसैगरि प्रदेश सभा निर्वाचित सदस्यहरुको संयोजकत्वमा त्यस निर्वाचन क्षेत्रहरुका प्रदेश सभाका सदस्यहरु रहेको समितिबाट स्थानिय तहका प्रमुखहरु समेतको समन्वयमा आयोजना छनौट तथा कार्यान्वयन गर्ने गरि प्रत्येक निर्वाचन क्षेत्रको लागि २ करोड विनियोजना गरिएको छ। त्यसैगरि प्रदेश सभाका सम्पुर्ण सदस्यहरुले आवश्यकता अनुसारको आयोजना छनौट गरि कार्यान्वयन गर्न प्रति सदस्य १ करोड विनियोजना गरिएको छ। यसबाट प्रदेश सरकारलाई आगामी आर्थिक वर्षमा १ अर्ब १७ करोड ५० लाख थप व्यय भार बढने अनुमान प्रस्तुत बजेटमा गरिएको छ। सप्तरीको कंकालनी देखि बाराको महागढिमालाई सम्म धार्मिक,सांस्कृति प्राृकतिक सम्पादहरुलाई जोडेर प्रदेश पर्यटकीय रुट तथा सर्किटको लागि आवश्यक पर्ने पुर्वधार विकासको थालनी गरिने जनाइएको छ। साना पर्यटकीय सुधार कार्यक्रमका लागि ८ करोड विनियोजना गरिएको छ । प्रदेश भित्रका धार्मिक पर्यटनको व्यवासयीकरण गर्न धार्मिक स्थालहरुको सौन्दर्यीकरण गर्ने कार्य अन्र्तगत आगामी आर्थिक वर्षमा रामायण तथा मिथिला संस्कृति झल्कीने गरि जनकपुरको जानकी मन्दिर तथा विवाह मण्डप र गंगासागारको सौन्दर्यीकरण गर्न रकम विनियोजना गरिएको छ।



SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: