मन्त्री जितेन्द्र सोनल साझै योजनाहरु बेच्छनःसांसद विक्की यादव


राजपा नेपालका प्रदेश सभा सदस्य विक्की यादवले प्रदेश नम्बर २ का भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनल माथि विभिन्न योजनाहरु कमसिनको चलेखल गरेर बेच्ने गरेको आरोप लगाउनु भएको छ। उहाले सोनलले योजनाहरु बेचेर कमिसन खाने गरेको आरोप लगाउनु भयो । मन्त्रीहरु विना कमिसनले कुनैपनि योजनाहरु नदिने गरेको र योजना दिने व्यक्तिहरुसंग समेत रकम लिने गरेको आरोप लगाउनुभयो ।
जनकपुरको एउटा टिभी कार्यक्रममा सांसद यादवले सप्तरीको जुन क्षेत्रमा योजनाहरु गएको त्यो क्षेत्रको सांसद आफु रहेको तर आफुलाई थाहै नदिएर कुनै व्यक्तिलाई ५ करोड रुपैया सम्म दिएको बताउदै अहिले त्यो व्यक्तिहरु गलत कार्य गरेको कारणले थुनामा रहेको बताउनुभयो । उहाले यसबाट समेत प्रष्ट हुन्छ मन्त्री सोनल योजना दिएका छैन योजनालाई कुनै व्यक्तिको हातबाट बेचेका छन । सांसद यादवले आफनो पार्टी सरकारमा सहभागि भएपछि मन्त्रीहरु तल देखि माथि सम्म भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउनुभयो । उहाले अहिले सरकारले प्रस्तुत रहेको निति कार्यक्रम समेत प्रदेशको समग्रहितको  कतै नदेखिएको बताउदै मन्त्रीको क्षेत्रमुखि निति कार्यक्रम आएको बताउनुभयो । उहाले यस विषयमा आफु असहमति समेत रहेको बताउनुभयो । उहाले विभिन्न १३ वटा बुन्दामा सहमतिको प्रस्ताव दर्ता गराएको समेत बताउनुभयो । यादवले भन्नुभयो स्कुल मन्त्रीकै क्षेत्रमा बन्नु परियो कलेज मन्त्रीकै क्षेत्रमै बन्नु पर्छ यो सबै कुराले यो सरकारको निति कार्यक्रम मन्त्रीको क्षेत्रमुखि मात्रै भएको बताउनुभयो ।
यादवले प्रदेश सरकार गैर जिम्मेवारी ढंगबाट अगाडि बढिरहेको आरोप लगाउनुभयो । सरकारका मन्त्रीहरु जनता प्रति जिम्मेवार नरहेको बताउनुभयो । सांसद यादवले यो सरकारको निर्माण शासन गर्नको लागि नभएको जिकिर गर्दै यो सरकारको निर्माण मधेसी जनताको सेवा दिनको लागि भएको बताउदै सरकार अहिले अनियमतता र लुटमन्त्रमा लिप्त रहेको बताउनुभयो ।
सरकार असफल
सांसद यादवले लालबाबु राउत नेतृत्वको सरकार पुर्ण रुपमा असफल भएको दावि गर्नु भयो । उहाले आफनो पार्टी समेत सरकारमा सहभागि रहेको कारणले यसको जिम्मेवार आफनो पार्टीले समेत लिनुपर्ने बताउनुभयो । सांसद यादवले अधिकांस बजेटहरु मन्त्रीको क्षेत्रमा मन्त्रीको नगरपालिकामा पठाएको कारणले गर्दा अहिले बजेट निकै फ्रिज हुने अवस्था आएको बताउनुभयो ।
सांसद यादवले मधेसा ठुलो आन्दोलन र त्याग तपस्याले संघीयता आएको जिकिर गर्दै जनतालाई जसरी संघीयताको अनुभति दिलाउनुपर्ने हो त्यस अनुसारले दिलाउनमा सरकारबाट कमजोरी भएको जिकिर गर्नुभयो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: