प्रदेश नम्बर २ सरकारले आफनो निति तथा कार्यक्रम प्रदेश सभामा आज प्रस्तुत गर्दै छ। दिउसो करिब १ बजे प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले निति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने कार्यक्रम रहेको सभामुख सरोज यादवका प्रेस सल्लहकार प्रभाकर सिंहले जानकारी दिनुभयो । यसअघि चालु आर्थिक वर्षका लागि कृषिलाई पहिलो प्राथमिकतामा राखेको प्रदेश सरकारले आगामी आर्थिक वर्षमा समेत कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताइएको छ। गत वर्ष कृषि तथा सिँचाइलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले ‘हरेक खेत मे पानी, हरेक हाथ मे काम’ भन्ने नारा दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो।यसैगरी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई समेत प्राथमिकतामा राखेको छ। नीति तथा कार्यक्रममा कृषि र शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्न आफूहरुले सुझाव दिएको नीति आयोगका अध्यक्ष डा.हरिवंश झाले जानकारी दिए।
कृषि र शिक्षाका साथै प्रदेशभित्र पर्यटन व्यवसाय, उद्योग कलकारखानाको स्थापना तथा लगानी भित्र्याउने वातावरणको निर्माण गर्ने विषय विशेष प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समावेश गरिने बताइएको छ। राजपाले नेताहरुले भने निति कार्यक्रममा आफुहरुको सल्लहर सुझावलाई समावेश नगरेको अवस्थामा विरोध गर्ने जनाएको छ। उनिहरुले निति कार्यक्रमको पक्षमा हुने बहस समेत बहिष्कार गर्ने चेतावनी दिएको छ।
0 comments:
Post a Comment