लोकसेवाको विज्ञापन फिर्ता लिन तर करारमा कर्मचारी नराख्न काँग्रेसको माग


प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले स्थानीय तहमा ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै खोलिएको लोकसेवा आयोगको विज्ञापन रद्द गर्नुपर्ने बताएको छ । आज पार्टी कार्यालय सानेपा ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले राज्य व्यवस्था समितिको निर्देशनमा काँग्रेसको समर्थन रहेको भए पनि करारमा कर्मचारी भर्ना गर्न नहुने बताउनुभयो । संविधानको व्यवस्थाअनुसार लोकसेवाले कर्मचारी भर्ना प्रक्रिया पुनः अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ । संसदको राज्य व्यवस्था समितिले लोकसेवाको विज्ञापन संविधानको मर्मअनुसार नभएको भन्दै रद्द गर्न यसअघि नै निर्देशन दिइसकेको छ । प्रवक्ता शर्माले एक महिनामा जिल्ला, क्षेत्र र गाउँ–नगरस्तरीय कार्यक्रमसँगै अन्य विषयगत भेला र कार्यक्रम तथा वडास्तरमा बैठक, भेला, आन्तरिक सभा, खुला सभा, ¥याली, विचार–बहसलगायत कार्यक्रम सम्पन्न भएको जानकारी दिनुभयो । अभियान क्रममा सत्तारूढ पार्टी एवं अन्य विभिन्न पार्टीबाट देशभरिका कार्यक्रममार्फत ३१ हजार ६ सय ४२ काँग्रेसमा प्रवेश गरेको पनि उहाँले दावी गर्नुभयो । जागरण अभियानको दोस्रो चरण आगामी भदौ २४ गते वीपी जयन्तीका दिन सुरु भई असोज ७ गतेसम्म चल्ने भएको छ । पार्टी नेतृत्व र केन्द्रीय प्रतिनिधिबीच विशेष विर्मश गरी जागरण अभियानको प्रथम चरणको समीक्षा, अन्य आवश्यक सन्दर्भ र समसामयिक मुद्दामा केन्द्रित रहेर काँग्रेस केन्द्रीय समिति बैठक असार तेस्रो साता बस्ने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: